काठमाडौं, माघ २५ : बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको र त्यसमा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
गएको बुधबार विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनास्थलको प्रकृति र शवको प्रकृतिका आधारमा प्रहरीले उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । शवको पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।
घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरबाटै बैतडी गएको हो । सो टोलीले कञ्चनपुरमा रहेर निर्मला पन्त हत्याकान्डको अनुसन्धान गर्दै आएको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीहरुले हत्या परिचित व्यक्तिबाटै भएको आशंका गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले अनुसन्धान जारी रहेको र केही ‘क्लु’समेत फेला परेको बताए । उनले भने, “छिट्टै अनुसन्धान टुंगोमा पुग्छ । केही तथ्य भेटिएका छन् । पोस्टमार्टम रिपोर्टले पनि अनुसन्धानमा सहज हुनेछ । म पनि घटनास्थलतर्फ जाँदै छु ।”
अनुसन्धानमा खटिएका अधिकारीहरुले मोबाइलसहित अनुसन्धानका ‘क्लु’ फेला परेकाले अभियुक्त चिनजानकै व्यक्ति हुनसक्ने बताएका छन् । घटना बुधबार दिउँसो भएको प्रारम्भिक अनुमान छ । प्रहरीले शंकास्पदहरुसँग सोधपुछ गरिरहेको छ । यसअघि ६ जनालाई नियन्त्रणमा लिइए पनि उनीहरुलाई छाडिएको थियो ।
प्रहरीले भागरथीको ‘कल डिटेल’लगायत प्राविधिक पक्षको अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको भए पनि उनले ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको छ । उनीसँगै विद्यालयबाट निस्कँदा चारजना साथी रहेको र घरमा आमा एक्लै छन् भन्दै उनी साथीहरुबाट छुट्टिएर हिँडेको बताइएको छ । एक्लै हिँडेकी उनी घर पुग्न भने पाइनन् ।
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई
चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,