इतिहासकै ठूलो सभा र मूल पार्टी भएको पुष्टि :प्रधानमन्त्री (सभाको फोटोफिचर सहित)

काठमाडाैं, माघ २३ः  नेकपाको जनसभा  शुक्रबार काठमाण्डौंमा भब्य रुपमा  सम्पन्न भएको छ ।  नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बाेधान गर्दै प्रधानमन्त्री ओलीले याे सभा इतिहासकै ठूलो र मूल पार्टी भएको बताएका छन् ।उनले नेकपा स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी पनि भएको बताए । आजबाट कुन चाहिँ पार्टी नक्कली र कुनचाहिँ सक्कली भन्ने कुराको फैसला यो जनसमाले गरेको दाबी गरेका छन् , तिनैतिरबाट उर्लेको जनमासलाई देखाउँदै भने ।

उनले जनसभामा मान्छे खाँदाखाँद रहेको र त्रिचन्द्रदेखि जयनेपालसम्म भीड रहेको भन्दै मुल पार्टी कुन हो भनेर कतिपयले सोधिरहेको भन्दै यो जनसागरबाट कुन मूल पार्टी भन्ने स्वतः खुल्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । ‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिबको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । ओलीको भनाइ छ ।

उक्त सभालाई सम्बाेधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले इतिहासकै ठूलो सभा भएको दाबी गरे । ओलीले सभामा आउन नदिने प्रचण्ड–नेपाल समूहले कथित नेपाल बन्द गरेर तर्साएकाे र सभामा उपस्थित हुन नदिन बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न कसैले सकेनन् तर पनि सभास्थलमा मान्छे नअटाएको उनले बताए । ’, ओलीले भने ।  इतिहासकै ठूलो सभा भएकाले उनले दायाँ सञ्चयकोष, बायाँ जयनेपाल हल, घण्टाघरसम्म पनि मास अटाउन नसकेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति