सरकारले विप्लव समूहसँग सुरु ग-यो वार्ता

काठमाडौं, माघ २१ः सरकारद्वारा प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा वार्ताको सुरुवात गरेको छ । खानेपानीमन्त्री मणि थापाले मंगलबार नख्खु कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई कारागारमै पुगेर भेट गरी वार्ताको थालनी गरेका हुन् ।सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेको बेला खानेपानीमन्त्री थापाले कारागारमै पुगेर गरेको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । कारागारमा रहँदा मन्त्री थापाले ‘सुदर्शन’सँग करिब ३० मिनेट कुराकानी गरेका थिए ।

मन्त्री थापाले आफू कारागार व्यवस्थापनको समस्या र गुनासोपछि अनुगमनका लागि कारागार पुगेको र सो क्रममा विप्लव समूहका नेता सुदर्शनसँग भेट भएको जानकारी दिए ।

‘उहाँ र म घनिष्ट मित्र हौं, काठमाडौं बसाइँका क्रममा र पढाइका क्रममा धेरै निकट भयौं । जनयुद्ध लड्दा पनि हामी सँगै भयौं । अहिले उहाँको स्वास्थ्यमा समस्या भएको भन्ने सुनेको र अनुगमनका लागि कारागार पुगेको बेला भेट भएको हो,’ मन्त्री थापाले भने ।

उनले छोटो भेटमा सुदर्शनसँग वार्ताका विषयमा पनि कुराकानी भएको जानकारी दिए । तर सरकारले औपचारिक रूपमा वार्ताका लागि भने आफूलाई जिम्मेवारी नदिएको बताए । ‘वार्ताकै लागि मैले जिम्मेवारी पाएको त होइन तर भेट हुँदा वार्ता गरौं चाहिँ भनें । उहाँ पनि सकारात्मक नै देखिनुभयो,’ मन्त्री थापाले राजधानीसँग भने ।

नख्खु कारागारका प्रमुख मोहन अधिकारीका अनुसार कारागारमा खानेपानी समस्या रहेको र कारागार अव्यवस्थित रहेको भन्दै कारागार व्यवस्थापनले मन्त्री थापालाई गुनासो गरेको थियो । त्यही बहानामा उनी अनुगमन गर्न भन्दै मंगलबार बिहान १० बजे नख्खु कारागार पुगेका थिए । सो क्रममा उनले कारागारमा रहेका कैदीबन्दीसँग पनि भेट गरेको र विप्लव समूहका नेता सुदर्शनसँग वार्ताका विषयमा छलफल गरेका हुन् ।

भेटमा मन्त्री थापाले विप्लव समूहका नेता सुदर्शनलाई हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउने हो भने सरकार वार्ताका लागि सकारात्मक रहेको र सोका लागि प्रतिबद्धता आए सरकारले प्रतिबन्धसमेत फुकुवा गर्ने बताएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको