ओली र प्रचण्डलाई ‘मिलाउने’ तागत आफूसँग रहेको गौतमको दाबी

काठमाडौं,माघ १५, काठमाडौं । नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग रहेको दाबी गरेका छन्। १३ वर्षदेखि पार्टी एकताका लागि आफूले पहल गरे पनि विभाजन हुन तीन वर्ष पनि नलागेको भन्दै उनले दुखेसोसमेत गरेका छन्।

‘हाम्रो पार्टीमा उत्तर र दक्षिणतिर दुईवटा हेर्डक्वार्टर थिए। उत्तरतिरको हेर्डक्वार्टरबाट निर्देशितहरू मकहाँ आउँछन्। हामीतिर आउनुप¥यो भन्छन्। दक्षिणतिरबाट पनि आउँछन्। माले हुँदा मसँग भएका साथीहरू आउँछन्, त्यस्तै कुरा गर्छन्। तर म कतै नलागी जुटाउनेतिर लागेको छु’, उनले बुधबार ललितपुरमा आयोजित अभियान घोषणा कार्यक्रममा भने, ‘प्रतिनिधिसभा पुनःस्थापना भइदिए हुन्थ्यो भन्ने छ। प्रतिनिधिसभा पुनःस्थापना भयो भने हामीलाई दुई वर्ष समय प्राप्त हुन्छ। 

त्यो दुई वर्षमा दुवै समूहलाई म ल्याउँछु। केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्नथ्यो। म हुँदा प्रचण्डजी एकताको पक्षमा हो। अहिले उहाँहरू दुईतिर फर्कनु भएको छ। म जान्छु र केपी ओलीलाई प्रचण्डतिर फर्काइदिन्छु, प्रचण्डलाई केपी ओलीतिर फर्काइदिन्छु। त्यो तागत मसँग छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद