निगरानीमा विप्लव समूह

ललितपुर, माघ १४: नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरूका गतिविधिबारे निगरानी बढाएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले पुस २९ गते बागमती गाउँपालिका गिम्दीबाट उनलाई पक्राउ गरेको थियो। फरार प्रतिवादीलाई पक्राउ गर्न जाँदा प्रहरीले बाँस्तोलासहित विवेक कुमाल र रखायल मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। अर्का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) भने सोही ठाउँबाट फुत्किएका थिए।

पक्राउ परेका तीनै जनालाई महानगरीय प्रहरी परिसरमा राखिएको छ। उनीहरूलाई पक्राउ गर्दा ल्यापटप, डायरीलगायत सामग्री बरामद  भएपछि त्यसैको आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सरकारको निर्देशनअनुसार नै उनीहरूको क्रियाकलापबारे सुक्ष्म अनुसन्धान भइरहेको परिसर प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए। उनी भन्छन्, ‘सरकारको रणनीतिअनुसार अनुसन्धानका दायरा फराकिलो बनाएका छौं।’ नेता बाँस्तोलालाई विगतमा भएको बम विस्फोटनसम्बन्धी मुद्दा चलाइएको छ।

उनीविरुद्ध ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम बिस्फोट गराएको आरोपमा कर्तव्य ज्यान मुद्दा तथा फरार प्रतिवादीसम्बन्धी मुद्दा चलाइएको हो।

ललितपुर प्रहरीले विप्लव समूहका थुप्रै प्रभावशाली नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको बताउँदै एपी महर्जनले भने, ‘हालसम्म ३६ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ।’ ललितपुरको दक्षिण भेग भौगोलिक हिसाबले विकट भएकाले सोही क्षेत्रमा विप्लव समूहको गतिविधि बढ्न सक्ने ठहर गर्दै प्रहरीले नियमित गस्ती गरिरहेको छ। ‘हामीले ९० किलोमिटर टाढासम्म हेर्नुपर्छ’, महर्जनले भने ‘भौगिलिक हिसाबमा जस्तो भए पनि सुरक्षाका लागि पेट्रोलिङ बढाएका छौं। अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद