‘सूर्य चिह्न चाहिए पार्टीमा आउनुहोस्’:प्रधानमन्त्री

काठमाडौं, माघ ४ः प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहलाई आग्रह गरेका छन् । पार्टीले अझै पनि अध्यक्ष र वरिष्ठ नेताबाट नहटाएको बताउँदै सूर्य चिह्न चाहिने भए पार्टीले बोलाएको बैठकमा सहभागी हुन आग्रह गरेका हुन् ।

काठमाडौंमा शनिबार आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएको बताए । आफू र प्रचण्डबीच २०७४ असोज १४ गते सूर्यमै चुनाव लड्ने सहमति भए पनि दुई दिनमै उक्त सहमित तोडिएको बताउँदै प्रधानमन्त्री ओलीले सूर्य चिह्न भएका कार्यकर्ताले समेत अर्को चिह्नमा भोट हालेर मात्रै प्रचण्डले जितेको दाबी गरे ।

देशका सम्मानित राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले तथ्यहीन आरोप लगाउने काम भइरहेको बताए । आफूले देशलाई बरबाद हुनबाट जोगाएको बताउँदै उनले देशको अनुहारमा मुस्काउन ल्याउन संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गरिएको बताए ।

जनताले ठूलो त्याग गरेर ल्याएको अहिलेको उपलब्धि तलमाथि हुन नदिने बताउँदै उनले देशलाई प्रतिगमनतिर नभई अग्रगमनतिर लैजान खोजिएको बताए । सरकारले अपेक्षाअनुसार काम गर्न पार्टीभित्रबाटै कपटपूर्ण तमासाले पनि व्यवधान गरेको गुनासो गर्दै उनले अब देश विकासको साथ अगाडि बढ्ने बताए ।

पुरानै प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्नेहरुसँग कुनै तर्क नरहेको बताउँदै आफूले कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गरे । संसद् विघटन गर्ने विषयमा कुनै कीर्ते सनाखत नगरिएको बताउँदै नेपालको संविधानअनुसार संसद् विघटन गरिएको बताए । पार्टीले अध्यक्ष र वरिष्ठ नेताहरु कसैलाई पनि कारबाही नगरेको बताउँदै पुनः पार्टीमै फर्किन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको