‘सूर्य चिह्न चाहिए पार्टीमा आउनुहोस्’:प्रधानमन्त्री

काठमाडौं, माघ ४ः प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहलाई आग्रह गरेका छन् । पार्टीले अझै पनि अध्यक्ष र वरिष्ठ नेताबाट नहटाएको बताउँदै सूर्य चिह्न चाहिने भए पार्टीले बोलाएको बैठकमा सहभागी हुन आग्रह गरेका हुन् ।

काठमाडौंमा शनिबार आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएको बताए । आफू र प्रचण्डबीच २०७४ असोज १४ गते सूर्यमै चुनाव लड्ने सहमति भए पनि दुई दिनमै उक्त सहमित तोडिएको बताउँदै प्रधानमन्त्री ओलीले सूर्य चिह्न भएका कार्यकर्ताले समेत अर्को चिह्नमा भोट हालेर मात्रै प्रचण्डले जितेको दाबी गरे ।

देशका सम्मानित राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले तथ्यहीन आरोप लगाउने काम भइरहेको बताए । आफूले देशलाई बरबाद हुनबाट जोगाएको बताउँदै उनले देशको अनुहारमा मुस्काउन ल्याउन संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गरिएको बताए ।

जनताले ठूलो त्याग गरेर ल्याएको अहिलेको उपलब्धि तलमाथि हुन नदिने बताउँदै उनले देशलाई प्रतिगमनतिर नभई अग्रगमनतिर लैजान खोजिएको बताए । सरकारले अपेक्षाअनुसार काम गर्न पार्टीभित्रबाटै कपटपूर्ण तमासाले पनि व्यवधान गरेको गुनासो गर्दै उनले अब देश विकासको साथ अगाडि बढ्ने बताए ।

पुरानै प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्नेहरुसँग कुनै तर्क नरहेको बताउँदै आफूले कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गरे । संसद् विघटन गर्ने विषयमा कुनै कीर्ते सनाखत नगरिएको बताउँदै नेपालको संविधानअनुसार संसद् विघटन गरिएको बताए । पार्टीले अध्यक्ष र वरिष्ठ नेताहरु कसैलाई पनि कारबाही नगरेको बताउँदै पुनः पार्टीमै फर्किन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

सर्वोच्चको परमादेश : बेपत्ता परिवारको हकमा बाधक १५ कानुन संशोधन गर्न सरकारलाई निर्देशन

  चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न

सभामुखमा अर्याल निर्विरोध

 चैत २०, काठमाडौँ ।  प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्।  राष्ट्रिय स्वतन्त्र

प्रधानमन्त्री बालेन शाहद्वारा सांसदहरूसँग क्षेत्रीय समस्या र विकासका विषयमा छलफल

चैत १६ , काठमाडौँ । बालेन शाहले आज सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सामूहिक छलफल

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

काठमाडौँ, चैत १६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज