वामदेवको मध्यस्थतामा ओली-प्रचण्डबीच छलफल

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच उपाध्यक्ष वामदेव गौतमको मध्यस्थतामा छलफल सुरु भएको छ । प्रचण्डलाई भेटन ओली आज ११ बजे खुमलटार पुगेका थिए । ओली पुगेको केही समयपछि उपाध्यक्ष वामदेव गौतमसमेत खुमलटार पुगेका छन् । अहिले तीनैजनाबीच छलफल भइरहेको छ । 

स्राेतका अनुसार, पार्टीभित्र देखिएको विवाद हल गर्न ओलीले वामदेवलाई प्रचण्डसँग मध्यस्थता गर्न भनेबमोजिम गौतमले आजको समय मिलाएका थिए । ‘तपाईं प्रचण्डसँग कुरा गर्ने समय मिलाउनुस्, त्यहीअनुसार भेटेर कुरा गर्छु’ ओलीको भनाइ उद्धृत गर्दै स्राेतले भन्यो, ‘त्यसपछि गौतमले प्रचण्डसँग कुरा गरेर आजको छलफलको समय मिलाइएको हो ।’

महासचिव विष्णु पौडेल प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुगेका थिए । प्रधानमन्त्री ओली खुमलटार पुगेलगत्तै पौडेल बाहिरिएका छन् । 

प्रचण्डसँग कुराकानी गर्नका लागि महासचिव विष्णु पौडेलले समेत अध्यक्ष प्रचण्डलाई आग्रग गरेका थिए । त्यसपछि वामदेव गौतममार्फत प्रचण्डसँग कुराकानीको वातावरण मिलाइएको स्राेतले बतायो । 

यसअघि सम्पन्न स्थायी कमिटीको बैठकको छलफलमा ओलीले ‘वामदेवलाई प्रधानमन्त्री बनाऔं’ भन्ने अनौपचारिक प्रस्ताव राखेपछि नेकपाभित्र नयाँ तरङ्ग सिर्जना भएको थियो । कतिपयले वामदेव गौतमलाई ओलीले आफ्नो पक्षमा पार्ने कसरतका रूपमा उक्त अभिव्यक्तिलाई लिएका थिए ।

शुक्रबारका दिन पेरिसडाँडामा आयोजित प्रदेश १ का नेता तथा कार्यकर्ताको भेलामा पनि गौतम सहभागी भएनन् । गौतमले आफू कुनै गुटको भेलामा नजाने तर पार्टी कमिटीको बैठकमा भने बस्ने अभिव्यक्ति दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण