वामदेवको मध्यस्थतामा ओली-प्रचण्डबीच छलफल

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच उपाध्यक्ष वामदेव गौतमको मध्यस्थतामा छलफल सुरु भएको छ । प्रचण्डलाई भेटन ओली आज ११ बजे खुमलटार पुगेका थिए । ओली पुगेको केही समयपछि उपाध्यक्ष वामदेव गौतमसमेत खुमलटार पुगेका छन् । अहिले तीनैजनाबीच छलफल भइरहेको छ । 

स्राेतका अनुसार, पार्टीभित्र देखिएको विवाद हल गर्न ओलीले वामदेवलाई प्रचण्डसँग मध्यस्थता गर्न भनेबमोजिम गौतमले आजको समय मिलाएका थिए । ‘तपाईं प्रचण्डसँग कुरा गर्ने समय मिलाउनुस्, त्यहीअनुसार भेटेर कुरा गर्छु’ ओलीको भनाइ उद्धृत गर्दै स्राेतले भन्यो, ‘त्यसपछि गौतमले प्रचण्डसँग कुरा गरेर आजको छलफलको समय मिलाइएको हो ।’

महासचिव विष्णु पौडेल प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुगेका थिए । प्रधानमन्त्री ओली खुमलटार पुगेलगत्तै पौडेल बाहिरिएका छन् । 

प्रचण्डसँग कुराकानी गर्नका लागि महासचिव विष्णु पौडेलले समेत अध्यक्ष प्रचण्डलाई आग्रग गरेका थिए । त्यसपछि वामदेव गौतममार्फत प्रचण्डसँग कुराकानीको वातावरण मिलाइएको स्राेतले बतायो । 

यसअघि सम्पन्न स्थायी कमिटीको बैठकको छलफलमा ओलीले ‘वामदेवलाई प्रधानमन्त्री बनाऔं’ भन्ने अनौपचारिक प्रस्ताव राखेपछि नेकपाभित्र नयाँ तरङ्ग सिर्जना भएको थियो । कतिपयले वामदेव गौतमलाई ओलीले आफ्नो पक्षमा पार्ने कसरतका रूपमा उक्त अभिव्यक्तिलाई लिएका थिए ।

शुक्रबारका दिन पेरिसडाँडामा आयोजित प्रदेश १ का नेता तथा कार्यकर्ताको भेलामा पनि गौतम सहभागी भएनन् । गौतमले आफू कुनै गुटको भेलामा नजाने तर पार्टी कमिटीको बैठकमा भने बस्ने अभिव्यक्ति दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति