त्रिभुवन विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो

काठमाडौं ,मंसिर , २०७७ , कोरोना  सङ्क्रमणका कारण  उडान  प्रभावित  भएपछि  देशकै  एक  मात्र अन्तर्राष्ट्रिय  विमानस्थलले  पाँच  अर्ब  रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ । त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थलका  अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी  एक  अर्ब  १९  करोड  रुपियाँ  मात्र  पुगेको छ । जब   कि   २०७५   चैतदेखि   कात्तिकसम्म विमानस्थलले  छ  अर्ब  १९  करोड  ७५  लाख  रुपियाँ आम्दानी  गरेको  थियो । यस  हिसाबले  कोभिडको बीचमा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको तथ्याङ्क छ ।

कोभिड  सङ्क्रमण  नियन्त्रणस्वरूप  सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक  दुवैतर्फको  नियमित  उडान  बन्द  थियो । उडान नै नहुँदा  विमानस्थलले  नियमित  किसिमका आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । मासिक औसत ५० करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको  यो  विमानस्थलको  आम्दानी  कोरोना सङ्क्रमणका  कारण  गत  भदौमा  चार  करोड  ८९ लाख रुपियाँसम्म घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र