नयाँ भवनमा प्रधानमन्त्री

काठमाडौं,मंसिर १७, २०७७,साँघुरो र खचाखच गरी बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बीचमा कुनै बिघ्न नआए महिना दिनभित्रै सुविधासम्पन्न मूल भवनमा सार्ने तयारी चल्दै छ । दरबारहरू प्रबलीकरणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का अनुसार अबको तीन साताभित्रै सिंहदरबारको प्रबलीकरणसँगै आन्तरिक सजावटको काम तमाम हुनेछ ।

०७२ को भूकम्पमा परी ढलेको सिंहदरबारको पूर्वी भाग झण्डै ६० करोड खर्चेर प्रबलीकरण सम्पन्न भएको छ । यही मसान्तभित्र आन्तरिक सजावटका काम फत्ते गरी त्यहाँ प्रम कार्यालय सार्ने तयारी धुमधामसाथ चल्दै छ । सिंहदरबार पूर्वी भागको प्रबलीकरणको काम सकी आन्तरिक सजावटको काम भइरहेको र मंसिर मसान्तभित्र सम्पन्न गरी त्यसलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का आयोजना निर्देशक झप्परसिंह विश्वकर्माले बताए ।

ऐतिहासिक र मौलिकतामा कुनै क्षति नहुने गरी प्राधिकरणले प्रबलीकरण (रेट्रोफिटिङ) विधिमार्फत यो भवनको पुनर्निर्माण सके पनि फायर फाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षालगायतको काम भइराखेको छ । उता झण्डै ५१ करोड खर्चेर सिंहदरबार पश्चिमपट्टि मोहडाको पुनर्निर्माण चल्दै छ । सिंहदरबार पश्चिम मूल ढोकापट्टि सेनाको भवन, सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवनसमेत बन्नेछ । उता, पुतली बगैँचामा झण्डै ७ अर्ब लागतमा सांसदहरूको सुविधासम्पन्न भवन निर्माण चल्दै छ ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा, संसद् सचिवालयसहित ११ वटा तीनतले भवन सहित झण्डै १ सय ७४ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन बन्न लागेको हो । शहरी विकास आयोजनाका अनुसार त्यहाँ झण्डै ८ सय वटा सवारी साधन पार्किङ गर्न मिल्नेछ । जसको १० प्रतिशत काम मात्र सकिएको छ ।

आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

  पौष ११,नेपालगञ्ज / बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको

सर्वोच्च अदालतले सरकारसँग सोध्यो प्रतिनिधि सभा विघटनको आधार

२ पुस, काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य निर्विरोध

पुस १, काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना