नयाँ भवनमा प्रधानमन्त्री

काठमाडौं,मंसिर १७, २०७७,साँघुरो र खचाखच गरी बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बीचमा कुनै बिघ्न नआए महिना दिनभित्रै सुविधासम्पन्न मूल भवनमा सार्ने तयारी चल्दै छ । दरबारहरू प्रबलीकरणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का अनुसार अबको तीन साताभित्रै सिंहदरबारको प्रबलीकरणसँगै आन्तरिक सजावटको काम तमाम हुनेछ ।

०७२ को भूकम्पमा परी ढलेको सिंहदरबारको पूर्वी भाग झण्डै ६० करोड खर्चेर प्रबलीकरण सम्पन्न भएको छ । यही मसान्तभित्र आन्तरिक सजावटका काम फत्ते गरी त्यहाँ प्रम कार्यालय सार्ने तयारी धुमधामसाथ चल्दै छ । सिंहदरबार पूर्वी भागको प्रबलीकरणको काम सकी आन्तरिक सजावटको काम भइरहेको र मंसिर मसान्तभित्र सम्पन्न गरी त्यसलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का आयोजना निर्देशक झप्परसिंह विश्वकर्माले बताए ।

ऐतिहासिक र मौलिकतामा कुनै क्षति नहुने गरी प्राधिकरणले प्रबलीकरण (रेट्रोफिटिङ) विधिमार्फत यो भवनको पुनर्निर्माण सके पनि फायर फाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षालगायतको काम भइराखेको छ । उता झण्डै ५१ करोड खर्चेर सिंहदरबार पश्चिमपट्टि मोहडाको पुनर्निर्माण चल्दै छ । सिंहदरबार पश्चिम मूल ढोकापट्टि सेनाको भवन, सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवनसमेत बन्नेछ । उता, पुतली बगैँचामा झण्डै ७ अर्ब लागतमा सांसदहरूको सुविधासम्पन्न भवन निर्माण चल्दै छ ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा, संसद् सचिवालयसहित ११ वटा तीनतले भवन सहित झण्डै १ सय ७४ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन बन्न लागेको हो । शहरी विकास आयोजनाका अनुसार त्यहाँ झण्डै ८ सय वटा सवारी साधन पार्किङ गर्न मिल्नेछ । जसको १० प्रतिशत काम मात्र सकिएको छ ।

आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने