November 29, 2020

किन डरायो अख्तियार अकुत सम्पतीवालाहरुको छानविन गर्न ?

अख्तियारकै पछिल्लो वार्षिक प्रतिवेदन अनुसार इतिहासमै सबैभन्दा बढी एक हजार एक सय १४ उजुरीको विस्तृत अनुसन्धान गरिएको छ । ०७५÷७६ को प्रतिवेदनले चार सय ४१ मुद्दा विशेष अदालतमा दायर गरिएको देखाएको छ । अख्तियारको ३० वर्षे इतिहासमै यो संख्या सबैभन्दा बढी रहेको उसको दाबी छ । तर, यो संख्यामा ‘स्ट्रिङ अप्रेसन’ मार्फत रंगेहात समातिएका घुस मुद्दा मात्र बढी छन् । अख्तियारले दायर गरेका ती मुद्दामा ८८.५ प्रतिशतले सफलता पाएको थियो । तर, सबैभन्दा गम्भीर अपराध मानिएको अकुतमा भने अख्तियार आश्चर्यजनक रूपमा चिसिएको छ ।

भ्रष्टाचारको क्रीडास्थलका रूपमा चिनिएका राजश्व, भन्सार, सडक डिभिजन, स्वास्थ्य, भूमिसुधार, मालपोत, गृहअन्तर्गतका उच्चपदस्थ प्रहरी, कर्मचारी तथा आर्थिक विवादमा मुछिएका तत्कालीन मन्त्रीहरू, स्थानीय निकायका अधिकारीउपरको छानबिनमा अख्तियार किन डराइरहेको छ भन्ने प्रश्न उठेको छ ।

जबकि भ्रष्टाचार निवारण ऐनले सार्वजनिक पद धारण गरेको राष्ट्रसेवकले प्रचलित कानुनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन आएमा, निजले मनासिब कारण बिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा, आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा त्यस्तो सम्पत्ति के–कस्तो स्रोतबाट आर्जन गरेको हो भनेर निजले नै प्रमाणित गर्नुपर्ने कडा व्यवस्था गरेको छ । अन्यथा त्यस्तो सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको मानिन्छ ।

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भए बिगोअनुसार दुई वर्षसम्म कैद र बिगोबमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्तिसमेत जफत गरिने प्रावधान छ । सम्पत्ति लुकाउन मद्दत गर्ने परिवारका सदस्य र अन्य व्यक्तिलाई समेत यसको आधा सजाय भुक्तान गर्नुपर्ने कडा प्रावधान राखेर ऐनले अख्तियारलाई शक्तिशाली बनाएको छ । तर, अख्तियारले भने आफ्नो अधिकार आफँै खुम्च्याएर बस्दा अकुतका ठूला भ्रष्टाचारीले टाउको लुकाउने मौका पाएका छन् ।

विशेष अदालतको रेकर्डले घुस रिशवतमा दुई सय ६, नक्कली शैक्षिक प्रमाणपत्रमा ८५, सार्वजनिक सम्पत्तिको हिनामिना नोक्सानीमा ७४, गैरकानुनी लाभहानी ३६, राजश्व हिनामिना १२ वटा दर्ता हुँदा गैरकानुनी सम्पत्ति आर्जन (अकुत) मा जम्माजम्मी १८ वटा मात्र दर्ता भएको देखाएको छ । विशेषमा मुद्दा चल्नेमा विशिष्ट श्रेणीका ६ जना, अन्य कर्मचारी आठ सय ३ तथा बिचौलिया र मतियार तीन सय १५ छन् । एक करोडभन्दा बढी बिगो कायम गरी दायर भएका मुद्दा संख्या जम्मा २८ छ ।

भ्रष्टाचारका भाषणमा शून्य सहनशीलताको दुहाई दिँदादिँदै नथाकेका पूर्व प्रमुख आयुक्त नवीनकुमार घिमिरे सत्ताको ताबेदारी गर्दै ‘ठूला माछा’ लाई उन्मुक्ति दिएको आरोप खेप्दै अवकाश भए । कोरोनाका कारण लकडाउन भएपछि चैतयता ६ महिनाको अवधिमा झन् ठूला छानबिन कार्य ठप्प छन् । हाल नयाँ जिम्मेवारीमा आएका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीले ‘अकुत’ छानबिनमा जाँगर चलाउलान्÷नचलाउलान् पाइन हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले