November 23, 2020

यी हुन्  १५  उत्कृष्ट करदाता

मंसिर ८, काठमाडौं । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु-याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन आइतबार उत्कृष्ट १५ करदाताको नाम छनोट गरेको हो ।

आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको विभागले जनाएको छ । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमध्येबाट मदिरा व्यवसायी विजयकुमार शाह उत्कृष्ट छानिएका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् ।

मदिरा व्यवसायमा संलग्न शाहको अहिले स्वदेशी मदिरा उत्पादन तथा बिक्रीमा ठूलो व्यावसायिक साम्राज्य छ । स्वदेशी मदिरा उत्पादक व्यवसायी शाहको जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरीलगायत विभिन्न कम्पनी सञ्चालित छन् । हाल शाहका यी कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् । 

व्यक्तिगत आयकरतर्फ : विजयकुमार शाह
बैंकिङ क्षेत्रतर्फः नबिल बैंक
कम्पनीको क्षेत्रतर्फबाटः बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल
विप्रेषणतर्फः आईएमई रेमिट्यान्स कम्पनी
व्यापार व्यवसायतर्फः अग्नि इन्कर्पोरेटेड कम्पनी
निर्यात व्यवसायतर्फः बहुराष्ट्रिय कम्पनी डाबर नेपाल
विशेष उद्योगतर्फ : हिमाल पावर कम्पनी
कृषि तथा पशुपक्षी उद्योगतर्फः अन्नपूर्ण एग्रोभेट प्रालि
सहकारीतर्फः छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
बिमा व्यवसायतर्फः नेपाल पुनर्बिमा कम्पनी
शिक्षण सेवातर्फः मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपाल प्रालि
पर्यटन व्यवसायतर्फः तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
मध्यमस्तरीय करदातातर्फ : कामना सेवा बैंक लिमिटेड
मूल्य अभिवृद्धि कर (भ्याट)तर्फः घोराही सिमेन्ट
आराकाहरुको कार्यक्षेत्र तर्फबाटः भीएफ सर्भिसेस (मोरिसस) प्रालि

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य