साढे १ करोड बराबरको यार्चागुम्बासहित एक पक्राउ

दार्चुला, कात्तिक ३ः महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपियाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–३ बस्ने ३५ वर्षीय दोकार लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागी जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लास्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाइराखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो ।

बरामद यार्चागुम्बासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले