यसरी यस कारण हूँदैछ ओली विरुद्ध षडयन्त्र, पुन: घेराबन्दीमा पर्दैछन् ओली !

असोज २६, काठमाण्डौं । ओली र प्रचण्डबीच बढेको टकरावको कम्पन कर्णालीमा पुगेको छ ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ विवादलाई सतहमा ल्याएको छ ।शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।योसँगै ओलीले पार्टीभित्र पेलेर जाने रणनीति लयाएको सन्देश समेत गएको छ ।

सरकार सञ्चालनका लागि पार्टीभित्र समन्वय गरेर गर्ने भनेपछि ओलीले संकट टरेलगत्तै राजदूत नियुक्तिलगायतमा एकलौटी गरेको भन्दै प्रचण्डलगायतका नेताले असन्तुष्टि व्यक्त गरेका थिए । तर, त्यसलाई ओलीले बेवास्ता गरिदिए । मन्त्रिमण्डल पुर्नगठनमा पनि ओलीले आफ्नै चाहना बढी देखाउन थाले । यतिसम्मकी प्रचण्ड पक्षधर रहेर उनीबाट असन्तुष्टलाई सरकारमा मन्त्री बनाउन खोजे । यसले प्रचण्ड झस्किए । लगत्तै उनले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग परामर्श गरे ।

गौतम पनि ओलीसँग फेरि असन्तुष्ट भए । छ बुँदे ल्याएर संकट टारेको तर आफैलाई समस्यामा पारेको बुझाईपछि उनी पुरानै मोर्चा ब्युताउन सक्रिय भएको बुझिएको छ । विगतमा सचिवालयका छ जनाको मोर्चाबन्दी रहेकोमा यसपटक रामबहादुर थापा बादल घटेर पाँचजना बनेको छ । यो समूहले पछिल्लोपटक गम्भीर छलफल समेत गरेको छ । नेकपा सचिवालयका पाँचजनाको मोर्चाबन्दीको भेउ पाएर ओलीले पेलेरै जाने रणनीति बनाएको बुझिएको छ । यसको संकेत महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव दर्तापत्र सार्वजनिक भएबाट मिलेको छ ।

नेकपाभित्र अब ओलीविरुद्ध प्रचण्ड, माधव, झलनाथ, बामदेव र नारायणकाजीको मोर्चाको टकराव फेरि बढ्ने देखिएको छ । यो समूहले यसपटक फेरि रणनीति बनाएको र ओलीलाई चुनौती दिने तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । ओली भने अब पेलेरै जाने तयारीका साथ प्रस्तुत भएका छन् । यसले नेकपाभित्र नयाँ संकट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे