कोरोनाको असर नेपाल:मा अनौपचारिक क्षेत्रमा बढी:विश्व बैंक

काठमाडाैं, असाेज २३ः कोरोनाले नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा परेको विश्व बैंकको निष्कर्ष निकालेको छ । विश्व बैंकले बिहीवार दक्षिण एशियाको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै महामारीको असर कायमै रहेका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका जनाएको हो ।

अनौपचारिक क्षेत्रमा कार्यरत हजारौंले रोजगारी गुमाएका कारण लाखौं दक्षिण एशियालीहरू चरम गरीबीमा धकेलिएका छन् । नेपालसहित दक्षिण एशियामा नै यस वर्ष हालसम्मकै खराब मन्दी सृजना भएको प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धि सन् २०२० मा शून्य दशमलव २ प्रतिशतमात्र रहेको र सन् २०२१ मा भने केही बढेर शून्य दशमलव ६ प्रतिशत पुग्ने अनुमान छ । अघिल्ला मन्दीहरूमा लगानी र निर्यात घटेर आर्थिक मन्दी आउने गरे पनि यसपालि भने फरक भएको विश्व बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’