भौतिक संरचनाका मुख्य काम सकिएका छन्, आयोजना प्रमुख प्रवेश अधिकारीले अनुसार आयोजना सम्पन्न हुन उपकरण जडान र केही फिनिसिङ मात्र बाँकी छ। उनका विमानस्थलको काम करिब ९३ प्रतिशत सम्पन्न भएको छ।
उपकरण जडान गर्न चीनबाट ३५ जना दक्ष जनशक्ति आउन लागेका छन्। आयोजना प्रमुख अधिकारीका अनुसार यहाँ आउन उनीहरूले चीनस्थित नेपाली दूतावासमा भिसा प्रक्रिया अघि बढाएका छन्। ३५ जनामा तीनवटा एसी जडान, धावनमार्गमा लाइटिङसम्बन्धी र टर्मिनल भवनमा अन्य उपकरण जडान गर्नेहरू छन्। विद्युतीय उपकरण जडानसँगै विमानस्थल सञ्चालनमा आउनेछ।