नेकपामा शुरु भयो माहाधिबेशनको चटारो, सदस्यता नविकरणको लागि बामदेवले बसाले वैठक

भाद्र ३० काठमाण्डौं । नेकपाको स्थायी कमिटीको वैठक सकिय लगत्तै महाधिवेशनको तयारीमा संगठन विभाग तातेको छ । संगठन विभाग प्रमुख वामदेव गौतमको अध्यक्षतामा आइतबार बसेको बैठकमा  सम्पुर्ण पार्टी सदस्यहरुको सदस्यता नविकरण गरि व्यवस्थित अभिलेखिकरण यहि मंसिरभित्रमा गरिसक्ने  कार्ययोजना पास गरेको  छ ।

सदस्यता नविकरणका  सम्बन्धित व्यक्तिले सदस्यता लिएको खुल्ने कागजात या तत्कालीन पार्टीले गरेको सिफारिस र निर्णय–पुस्तिकाको कपी प्रमाणका रूपमा अनिवार्य पेस गर्नुपर्ने गरी निर्णय भएको छ।

 स्थायी कमिटीको  शुक्रबार सम्पन्न बैठकले चैतमा महाधिवेशन सम्पन्न गर्ने कार्ययोजनासहितको तयारीबारे छलफल गर्न १५ देखि १७ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । संगठन विभागको कार्ययोजनामा आगामी कात्तिकभित्र सम्बन्धित जिल्ला कमिटीले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने स्थायी कमिटीको निर्णय छ । यसबाहेक मंसिरभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने तथा प्रवास क्षेत्रमा पनि सोहीअनुरूप गर्ने प्रस्ताव स्थायी कमिटीबाट पारित भएको छ ।  संगठन विभागले महाधिवेशन तयारीकै सिलसिलामा छलफल गरेको गरेको वताएको छ ।

 बैठकले ज्ञानबहादुर भुजेललाई संगठन विभागको कार्यालय सचिवको जिम्मेवारी तोक्नेसमेत निर्णय गरेको छ ।  स्थायी कमिटी बैठकको निर्णयको सर्कुलर जारी भएलगत्तै पुनः अर्को बैठक बस्ने विभागका नेताहरूबीच समझदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’