नेकपामा शुरु भयो माहाधिबेशनको चटारो, सदस्यता नविकरणको लागि बामदेवले बसाले वैठक

भाद्र ३० काठमाण्डौं । नेकपाको स्थायी कमिटीको वैठक सकिय लगत्तै महाधिवेशनको तयारीमा संगठन विभाग तातेको छ । संगठन विभाग प्रमुख वामदेव गौतमको अध्यक्षतामा आइतबार बसेको बैठकमा  सम्पुर्ण पार्टी सदस्यहरुको सदस्यता नविकरण गरि व्यवस्थित अभिलेखिकरण यहि मंसिरभित्रमा गरिसक्ने  कार्ययोजना पास गरेको  छ ।

सदस्यता नविकरणका  सम्बन्धित व्यक्तिले सदस्यता लिएको खुल्ने कागजात या तत्कालीन पार्टीले गरेको सिफारिस र निर्णय–पुस्तिकाको कपी प्रमाणका रूपमा अनिवार्य पेस गर्नुपर्ने गरी निर्णय भएको छ।

 स्थायी कमिटीको  शुक्रबार सम्पन्न बैठकले चैतमा महाधिवेशन सम्पन्न गर्ने कार्ययोजनासहितको तयारीबारे छलफल गर्न १५ देखि १७ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । संगठन विभागको कार्ययोजनामा आगामी कात्तिकभित्र सम्बन्धित जिल्ला कमिटीले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने स्थायी कमिटीको निर्णय छ । यसबाहेक मंसिरभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने तथा प्रवास क्षेत्रमा पनि सोहीअनुरूप गर्ने प्रस्ताव स्थायी कमिटीबाट पारित भएको छ ।  संगठन विभागले महाधिवेशन तयारीकै सिलसिलामा छलफल गरेको गरेको वताएको छ ।

 बैठकले ज्ञानबहादुर भुजेललाई संगठन विभागको कार्यालय सचिवको जिम्मेवारी तोक्नेसमेत निर्णय गरेको छ ।  स्थायी कमिटी बैठकको निर्णयको सर्कुलर जारी भएलगत्तै पुनः अर्को बैठक बस्ने विभागका नेताहरूबीच समझदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री