September 2, 2020

व्यवसायीको माग गरे निषेधाज्ञा फिर्ता गर

melamchi-aandolan

सरकारले बन्दावन्दीको अवस्थामा कर मिनाह नगर्ने, खानेपानी टेलिफोनमा सहुलियत नदिने हुँदा उद्योगीहरु थप गरिएको निषेधाज्ञा धान्न नसक्ने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । उनले अहिलेको परिस्थितीमा विकल्प विनाको लकडाउन वा निषेधाज्ञालाई निरन्तरता दिन नसकिने प्रस्टाए । त्यसैगरि, उद्योगीहरुले अहिलेको अवस्थामा उद्योग, व्यापार व्यवसाय क्षेत्र पूर्ण रुपमा बन्द गर्नुपर्ने वा निषेधाज्ञा उल्लंघन गर्ने अवस्था सृजना भएको बताएका छन् ।

निषेधाज्ञा अन्त्य गर्दै नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले अवलम्बन गरेको मापदण्ड अनिवार्य पालनाको अनुगमनसहित उद्योग व्यापार सहज रुपमा चलाउने वातावरण तयार गर्नुपर्नेमा विराट व्यापार संघका अध्यक्ष सुजन थापाले जोड दिए । यसका लागि आफै व्यवसायीहरुसमेत सतर्क र मापदण्ड पालना गर्नेतर्फ उन्मुख हुनुपर्नेमा उनको भनाइ छ ।

निषेधाज्ञा महामारी नियन्त्रणको विकल्प नभएको जनाउँदै उद्योगीहरुले यसक्रममा उद्योग व्यवसाय बन्द हुँदा कर्मचारी, श्रमिक, प्राविधिकको व्यवस्थापन गर्न समस्या, बैंकको ऋण, ब्याज किस्ता, विमा प्रिमियम, घर बहाल, तिर्न सकस परेको जनाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबारदेखि भदौ २२ गतेसम्मका लागि परिमार्जनसहित निषेधाज्ञालाई निरन्तरता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र