एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी

national-exam-bpard_6p4PduHoq6whatsapp sharing button

काठमाडौं, भदौ १ः राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्डले मंगलबार वा बुधबारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी अन्तिम तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ । स्रोतले अन्तिम तयारी गरिरहेको तथा भोलि मंगलबारभित्र गरिसक्ने नेपाल समाचारपत्रलाई बताएको छ ।

बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि सहमतिका लागि सीसीएमसीमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । मन्त्रिपरिषद्को बैठकले सावधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालय (एसईई) ले करिब १० दिनअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेल र सदस्य सचिव दुर्गा अर्याललाई जानकारी गराएको थियो । बोर्डका अध्यक्ष पौडेलले तयारी अवस्थामा रहेकोले कहिले हुन्छ भन्ने विषयमा भन्न नसकिने बताए ।

बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकाले ढिलो भएको जनाए तापनि मुख्य विषय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन कुरेर बसेको थियो । मन्त्रालयले समेत स्वीकृत दिएपछि परीक्षाफल प्रकाशित गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा