August 17, 2020

कोरोना सन्त्रासपछि चितवनमा जताततै निषेधाज्ञा

melamchi-aandolan

चितवनमा कोरोना संक्रमतिको संख्या १९९ जना पुगेको छ । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १२१, माडी नगरपालिकामा ४१, राप्ती नगरपालिकामा १५, रत्ननगरमा ९, खैरहनीमा ७ र कालिकामा पाँच जना कोरोना संक्रमति रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । इच्छाकामना गाउँ पालिकामा एक जना मात्र कोरोना संक्रमित छन् ।

चितवनमा साउन ९ गतेपछि परीक्षण जारी नै भए पनि संक्रमति भेटिएका थिएनन् । साउन २१ गते पछि कोरोना संक्रमतिको संख्या बढ्दै गएको हो । कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकामा शनिबारबाट भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । आइतबार माडी नगरपालिकाबाहेकका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि ५ भदौसम्मका लागि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरिएको छ ।

चितवन जिल्लामा एकै दिन २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चिकित्सक र नर्सहरूसमेत छन् । संक्रमितमध्ये भरतपुर अस्पतालका चिकित्सकसहित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्स छन् ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा साउन ३१ गते शनिबार राति १२ बजेसम्म गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी, स्त्री रोग तथा प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेलसहित तीन चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि रत्ननगरमा रहेको रत्ननगर वकुल्हर अस्पतालका मेसु डा. विश्वबन्धु बगालेलाई पनि कोरोना संक्रमण भएको थियो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।

रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी खैरहनी नगरपालिका–८ का २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

क्यान्सर अस्पताल भरतपुरले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले साउन ३२ गते विज्ञप्ति निकालेर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पछिल्लो समय लगातार कोरोना रिर्पोट पोजेटिभ आउन थालेपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताएका छन् । आकस्मिक सेवा पनि ओपिडीबाट दिने तयारी अस्पतालले गरेको छ ।

संक्रमितसँग सम्पर्कमा आएकाको परीक्षण र अस्पतालको निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको कार्यकार निर्देशक डा. गौतमले बताए । शनिबार राति आएको रिपोर्टमा क्यान्सर अस्पतालको मात्रै आकस्मिक कक्षमा कार्यरत पाँच जना नर्समा कोरोना पोजेटिभ आएको थियो । योसहित सो अस्पतालमा १० जना नर्स र ७ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

क्यान्सर अस्पतालमा दैनिक यस अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी आउने गर्छन् । वि.सं. २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपालभर र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउँछन् ।

सबै खाले अर्थात् कोरोना आशंकित, पुष्टि भएका र नभएकाहरूको उपचार एकै ठाउँमा हुनु नै कोरोना संक्रमण फैलनुको प्रमुख कारण देखिएको छ । त्यति मात्रै होइन, एउटै चिकित्सक वा नर्सले आशंकित, कोरोना भएका र नभएका बिरामीको उपचार गर्दा यो समस्या स्वास्थ्यकर्मीमा झन् बढी देखिएको छ । यतिसम्मकी स्वास्थ्यकर्मी खुलमखुला जताततै आफूलाई प्रस्तुत गर्ने गरका छन् ।

कोरोना संक्रमितको उपचारमा न्यूनतम सावधानी नअपनाउँदा उच्चतम खतरा देखिएको छ । उनीहरूको व्यवस्थापनमा अस्पतालले पनि ध्यान दिएको छैन । राजधानी दैनिकमा राधेश्याम अधिकारीले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित