August 14, 2020

बामदेवको छ बुँदे अस्त्रले नेकपाभित्र यसरी दुर्घटना टर्यो

काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारबाट तत्काल जोगिएको छ । सचिवालयका छ जना नेताहरु एकसाथ अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एकजुट भएर प्रहारमा लाग्दा पार्टी फुटको संघारमा पुगिसकेको थियो । तर, घटना मोडिएर सहमतिको बिन्दु नजिक पुग्ने अवस्था बन्यो । त्यसमा बामदेव गौतमको ‘यु टर्न’ नै मुख्य कारण छ ।

ओलीविरुद्ध बनेको मोर्चामा नेकपा उपाध्यक्ष बामदेव गौतम समेत रहेकोमा उनले अचानक आफू कुनै गुट या पक्षमा नरहेको घोषणा गरे । लगत्तै छ बुँद सहमतिको प्रस्ताव सार्वजनिक गरे जुन ओलीलाई फाइदा पुग्ने खालको थियो । यसअघि ओलीलाई राजीनामा गर्न वाध्य पार्ने समुहमा रहेका गौतमले चालेको कदमले तरंग नै ल्यायो । छ बुँदे एकताका लागि सहमतिको प्रस्तावमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैमा यथावत रहने, अर्ली महाधिवेशन गर्ने, सम्पूर्ण अधिकारसहित पार्टीको कार्यकारी अधिकारलगायतको विषय समावेश थियो ।

गौतमले छ बुँदे प्रस्ताव ल्याएकै साँझ ओली भैंसेपाटी पुगेर डिनरसहितको भेट गरे । यसलाई उनले छ बुँदे प्रस्तावलाई सहमति दिएको सन्देशका रुपमा लिइयो । नभन्दै गौतमले ओलीलाई साथ दिए । प्रचण्डले अर्को दिन भेटेर तपाईं कुन पक्ष भन्दा आफू कुनै पक्षमा नभएको तर एकताको पक्षमा रहेको भनी जवाफ दिए । यसबाट प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालमाथि दबाब बढ्यो ।

नेकपाभित्र बामदेवको यु टर्नले छ बुँदेलाई केही परिमार्जन गरी सहमतिको सुत्र निकाल्नेबारे छलफल बढ्यो । हिजो बालुवाटारमा ओली र प्रचण्डबीच यसै विषयमा छलफल केन्द्रित भयो । आज फेरि बैठक बसी विवाद समाधान गर्न कार्यदल बनाउने निर्णय भयो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, जर्नादन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुषाल छन् । समिति विष्णु पौडेल र शंकर पोखरेल ओली पक्षधर हुन्, जर्नादन शर्मा र पम्फा भुषाल प्रचण्ड निकट हुन् भने भमि रावल र सुरेन्द्र पाण्डे माधव नेपाल पक्षधर हुन् ।

यसैगरी, आज विहान प्रचण्ड र गौतमबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा नेकपा विवाद समाधानको सुत्र निकाल्नेबारे छलफल भएकोमा गौतमले छ बुँदेलाई टेकेर बढ्न आग्रह गरेका थिए । अब नेकपाभित्रको विवाद समाधानका लागि छ बुँदे नै मुख्य आधार बनेको छ । यसैको आधारमा टेकेर सहमतिको खाका बनाइने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा