August 12, 2020

अबैध सम्बन्धले निम्त्याएको गोंगबु बीभत्स घटनाको रहस्य यस्तो रहेछ

 

पक्राउपछि कल्पनाले भनिन्, ‘छोरीलाई समेत समात्न गएपछि सहनै सकिनँ, अण्डकोषमा  हथौडाले हानेर मारिदिएँ’

काठमाडौँ — ‘म आज त्यतै बस्न आउँदै छु है,’ शनिबार दिउँसो ३ बजेतिर कृष्णबहादुर बोहराले टोखा नगरपालिका–१० नवज्योति मार्गस्थित घरमा भाडामा बस्दै आएकी कल्पना मुडभरी (पौडेल) लाई फोन गरे । त्यसपछि गोंगबुकै नरसिंहधाम गेस्ट हाउसका सञ्चालकलाई ‘म केही दिन आउदिनँ’ भन्दै निस्किए ।

उनी मंसिरदेखि सो गेस्टहाउसको कोठा नम्बर ४०१ मा बस्थे । नजिकै मदिरा सेवन गरेर उनी बा७२प ५६४४ नम्बरको स्कुटरमा पौडेलको कोठामा पुगे । त्यसअघि नै पौडेलले ‘दही पनि ल्याउनु है’ भनेकी रहिछन् । दही र ७ सय ५० एमएलको रुस्लान भोड्का पनि उनले साथमै लिएर गए ।

झोला पौडेलको कोठामा बिसाएर बोहरा केहीबेर बिस्तरामा पल्टिए । उनी आउनुअघि नै मासु पाकिसकेको थियो । पौडेलका छोराछोरीले मासुचिउरा खाए । उनीहरुले भोड्का पनि पिए । मदिराको नसामा बोहरा लठ्ठिँदै गए । नसा चढ्दै गएपछि बोहरा छोरीमाथि जाइलाग्न थाले । ‘ममी’ भनेर चिच्याए पनि उनले समाउन छोडेनन् । त्यहाँबाट छोरी कोठातिर गइन् । दुव्र्यवहार सहन नसकेपछि पौडेलले आफूले सेवन गर्ने ५ चक्की औषधि दहीमा घोलेर बोहरालाई खान दिइन् । प्रहरीलाई दिएको बयानमा उनले डिप्रेसनको बिरामी भएकाले दैनिक निद्रा लाग्ने औषधि खाने गरेको बताएकी छन् । केहीबेरमै बोहरा बसेकै ठाउँमा बेहोस भएर शौचालयतर्फ पल्टिए । त्यसपछि पौडेलमा क्रूर अपराधको योजना बन्यो । किला ठोक्ने हथौडा र खुकुरी (दाउ) ल्याइन् । लठ्ठिएर सुतेका बोहराको अण्डकोषमा पटक–पटक प्रहार गरिन् । हथौडाले हानेपछि उनले एकपटक ‘ऐया’ भनेर मसिनो आवाजमा कराएको पौडेलले बयानमा भनेकी छन् । निद्रा लाग्ने औषधि र मदिरा सेवनका कारण उनी प्रतिकार गर्ने अवस्थामा थिएनन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार बोहराको अण्डकोष फुटेर छालामै मिसिने अवस्थामा पुग्यो । चिकित्सकको पोस्टमार्टम रिपोर्टमा यसलाई ‘ब्लन्ट फोर्स स्क्रोटम’ भनिएको छ ।

शव व्यवस्थापनमा छोरीको सहयोग

घटना शनिबार राति ११ बजेतिर भएको प्रहरीले अनुमान गरेको छ । हत्यापछि शौचालयको ढोकाको डिलमा लगेर पौडेलले घाँटी काटिन् । घुँडामुनि दुवै खुट्टा छिनाइन् । त्यसलाई प्लास्टिकमा हालेर नजिकै लगेर मिल्काएर आइन् । तर, टाउको र खुट्टाबाहेक बाँकी रहेको शरीर सुटकेसमा हालेर लैजान खोज्दा एक्लै सकिनन् । घटनाबारे सबै कुरा जानकारी गराएपछि छोरीकै सहयोगमा व्यवस्थापन गरिन् । बाँकी शरीर कालो सुटकेसमा हालिन् । नाम्लोले बाँधेर छोरीसँगै फेरि निस्किइन् । त्यसबेला बिहानको ३ बजिसकेको अनुसन्धानबाट खुलेको छ । कोठामा फर्किएर उनले दशीप्रमाण लुकाइसकेकी थिइन् । घटनापछि चितवनस्थित माइत भाग्ने योजना बनाइन् । राति नै चितवन टाँडीनजिकै माधवपुरमा रहेकी आमालाई फोन गरेर आफू आउन लागेको जानकारी गराइन् । चितवनमै भिनाजु नाता लगाउँदै एक व्यक्तिलाई आफूलाई लिन काठमाडौं आउन आग्रह गरिन् । एम्बुलेन्स चालक ती व्यक्ति आइतबार दिउँसो ४ बजे काठमाडौं आइपुगे । ६ हजार भाडा लिएर उनले पौडेल र उनका छोराछारीलाई माधवपुर पुर्‍याए ।

चितवन हिँड्नुअघि प्रहरीले पौडेल बसेको घरवरिपरि घेरा हालिसकेको थियो । अग्लो घर भएकाले घटना त्यहीँ भएको भन्ने शंका प्रहरीले गरेन । तल कुकुर र सुरक्षाकर्मी घुमिरहँदा माथि झ्यालमा पर्दा लगाएर पौडेल सानो प्वालबाट बाहिरको गतिविधि नियालिरहेकी थिइन् । ४ बजेपछि एम्बुलेन्समा छोराछोरीसहित उनी चितवन लागिन् । उनी निस्किइसकेपछि मात्रै प्रहरीले घर घेरा हालेको थियो । नजिकै बेवारिस स्कुटर देखेपछि खोज्दै जाँदा प्रहरी उनी बसेको कोठासम्म पुग्यो । तर कोठामा ताल्चा लागेपछि प्रहरीमा शंका उब्जियो । कोठाभित्र स्कुटरको चाबी फेला परेपछि घटनामा पौडेल नै संलग्न भएको निष्कर्षनजिक प्रहरी पुगेको थियो ।

पौडेल १५ वर्षकी छोरी र १३ वर्षका छोरासहित केही वर्षदेखि नवज्योति मार्गको एक घरमा मासिक ११ हजार भाडा तिरेर बस्दै आएकी थिइन् । उनकी जेठी छोरीको गतवर्ष विवाह भएको थियो । श्रीमान्बाट अलग्गिएर बस्न थालेकी उनी र बोहराबीच ३/४ वर्ष पहिलेदेखि नै चिनजान थियो । उनको नियमित आम्दानीको स्रोत केही छैन । सुन्धारामा १० लाखमा काँक्रेबिहार थकाली रेस्टुराँ चलाउँदै आएका बोहरा व्यापारमा घाटा खाएपछि भागेर लुकीछिपी बस्दै आएका थिए । उनले साहूलाई ६ लाख रुपैयाँ पैसा दिन बाँकी रहेको खुलेको छ । प्रहरीका अनुसार वैदेशिक रोजगारीका क्रममा दुबई, टर्की, अफगानिस्तानलगायत मुलुकमा बसेर साढे ३ वर्षअघि नेपाल आएका थिए, बोहरा । रोल्पा स्थायी घर भई पछि दाङ सरेका उनी वैदेशिक रोजगारीबाट फर्केपछि काठमाडौंमै बस्थे । विदेशमै रहँदा उनको पौडेलसँग फेसबुकमार्फत चिनजान भएको थियो । फेसबुकबाटै दुवैको सम्बन्ध गहिरिँदै गएपछि भेटघाट बाक्लिन थाल्यो । ‘पहिले पनि जबर्जस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउँथ्यो, मेरो टाउको अरूको नग्न तस्बिरमा राखेर फेसबुकमा हाल्थ्यो, त्यहीँबाट ब्ल्याकमेलिङ गर्दै शारीरिक सम्पर्क राख्थ्यो,’ पौडेलले प्रहरीसँग भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष