August 11, 2020

मन्त्रीपरिषदद्वारा सार्बजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय

साउन २७,काठमाडौ। सरकारले उपत्यकाको सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना जोखिम बढेपछि लकडाउन औपचारिक रुपमा अन्त्य भएको तीन सातामै पुनः उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको हो। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यातायात सञ्चालन रोक्ने निर्णय गरेको हो। साथै लामो दूरीका सवारी साधन सञ्चालन र हवाइ उडान पनि भदौ १५ गतेसम्म नै बन्द हुनेछन्।

अन्तर्राष्ट्रिय सीमा नाकाको बन्दलाई पनि कडाइ गर्ने निर्णय बैठकले गरेको छ। साउन ६ गते लकडाउन अन्त्यको घोषणसँगै सरकारले लामो दूरीका सार्वजनिक यातायात भदौ १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। यस्तै हवाइ उडान पनि भदौ १ गतेबाट नै सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको थियो। यस्तै, बैठकले शिक्षण संस्थाको पठनपाठन अर्को निर्णय नभएसम्मका लागि बन्द नै गर्ने निर्णय गरेको छ। यसअघिको निर्णय अनुसार बन्द रहेका सेवाहरु बन्द नै रहने निर्णय पनि बैठकले गरेको छ।

बैठकले नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेलाई उपरथीमा बढुवा गरेको छ। उपत्यकाका तीनै जिल्लाका मेयरले आइतबार उपप्रधान एवं रक्षामन्त्रीलाई सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन सुझाव दिएका थिए।

यस्तै, आइतबार नै उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतामा बसेको सीसीएमसी बैठकले सार्वजनिक यायातात सञ्चालनमा रोक लगाउन, हवाइ उडान तत्काल सुरुवात नगर्न लगायतका सुझाव सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग