August 11, 2020

मन्त्रीपरिषदद्वारा सार्बजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय

साउन २७,काठमाडौ। सरकारले उपत्यकाको सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना जोखिम बढेपछि लकडाउन औपचारिक रुपमा अन्त्य भएको तीन सातामै पुनः उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको हो। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यातायात सञ्चालन रोक्ने निर्णय गरेको हो। साथै लामो दूरीका सवारी साधन सञ्चालन र हवाइ उडान पनि भदौ १५ गतेसम्म नै बन्द हुनेछन्।

अन्तर्राष्ट्रिय सीमा नाकाको बन्दलाई पनि कडाइ गर्ने निर्णय बैठकले गरेको छ। साउन ६ गते लकडाउन अन्त्यको घोषणसँगै सरकारले लामो दूरीका सार्वजनिक यातायात भदौ १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। यस्तै हवाइ उडान पनि भदौ १ गतेबाट नै सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको थियो। यस्तै, बैठकले शिक्षण संस्थाको पठनपाठन अर्को निर्णय नभएसम्मका लागि बन्द नै गर्ने निर्णय गरेको छ। यसअघिको निर्णय अनुसार बन्द रहेका सेवाहरु बन्द नै रहने निर्णय पनि बैठकले गरेको छ।

बैठकले नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेलाई उपरथीमा बढुवा गरेको छ। उपत्यकाका तीनै जिल्लाका मेयरले आइतबार उपप्रधान एवं रक्षामन्त्रीलाई सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन सुझाव दिएका थिए।

यस्तै, आइतबार नै उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतामा बसेको सीसीएमसी बैठकले सार्वजनिक यायातात सञ्चालनमा रोक लगाउन, हवाइ उडान तत्काल सुरुवात नगर्न लगायतका सुझाव सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र