August 1, 2020

यस्ता छन् रेडमी नोट–९ स्मार्टफोन सिरिजका दुई बजेट मोडल सेग्मेन्ट 


काठमाडौं। सबै वर्गका प्रयोगकर्तालाई ध्यानमा राख्दै छिटो छिटो स्मार्टफोनका नयाँ मोडलहरु लञ्च गरिरहेको शाओमीले ‘रेडमी नोट–नाइन’ का थप दुइ मोडल नेपाली बजारमा उतारेको छ। 

बजेट सेग्मेन्टअन्तर्गत रेडमी-९ र रेडमी-९ ‘ए’ सार्वजनिक गरेको हो। शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले मितव्ययी खर्चमा धेरै सुविधा भएका स्मार्टफोन खोजी गर्ने प्रयोगकर्तालाई खुसी पार्ने कम्पनीले जनाएको छ। 

दुवै नयाँ मोडलको स्क्रिनका डिस्प्ले साइज समान छन् भने क्यामेरा गुणस्तरीय छन्। रेडमी नोट -९ को क्यामेराले छिटो र वाइड एंगल फोटो खिच्न सकिन्छ। यसमा ग्रुप सट र क्लोजअप फोटोहरू मनमोहक आउँछन्। यसमा क्यालिडोस्कोप र पाम सटरजस्ता विशेषताहरु समावेश भएकाले प्रिमियम क्यामेराका साथ फोटोग्राफी अनुभवमा रमाइलो र रचानात्मक तरिकाको मजा प्रयोगकर्ताले लिनसक्छन्।  

कोर्निङ गोरिल्ला ग्लास रहेको यसको ठूलो स्क्रीनले प्रयोगकर्तालाई सहज बनाउँछ। ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले रहेको रेडमी ९ ले एक क्रिस्टल क्लियर डिस्प्ले दिन्छ। यसमा अनुकूलित मिडियाटेक हेलियो जी–८० एसओसी छ। ५०२० एमएएच क्षमताको ब्याट्री रहेको रेडमी-९ ले १८ वाट फास्ट चार्जिङ टेक्नोलोजी सपोर्ट गर्छ।

३.५ एमएम हेडफोन ज्याक, आईआर ब्लास्टरका साथ आउने यो सेटमा दुइवटा सिम प्रयोग गर्न सकिन्छ। थप माइक्रो एसडी स्लट छ। रेडमी ९ कार्बन ग्रे, ओसन ग्रीन र सनसेट पर्पल गरेर तीन रंगमा बजारमा ल्याइएको छ। 

यो मोडल इन्टरनल मेमोरी र स्टोरेज क्षमताका आधारमा दुई प्रकारका छन्। ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज क्षमताको भेरियन्टको मूल्य १६ हजार ९ सय ९९ छ भने ४ जीबी र ६४ जीबी भेरियन्टको मूल्य १७ हजार ९ सय ९९ छ।

सस्तो सेटमा धेरै सुविधा खोज्नेलाई रेडमी ९ ‘ए’ 
यो नयाँ इन्ट्री लेबल स्मार्टफोनलाई शाओमीले साख विशेषतायुक्त बनाएको छ । यसमा ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्री छ। 

त्यस्ता प्रयोगकर्ताहरुलाई सन्तुष्ट पार्छ जो आफ्नो फोनमा धेरै कुरा गर्न र मज्जा लिन चाहन्छन् । रेडमी ९ ‘ए’ मा मिडियाटेक हेलियो जी–२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु छन्, जसले दिन प्रतिदिन सहज संचालन अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा एआई अप्टिमाइज्ड १३ एमपी रियर क्यामेरा छ। 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भन्छन् ‘शाओमीमा हामीले उल्लेखनीय स्मार्टफोन अनुभवहरु सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं।’ लामो समय टिक्ने ब्याट्री, चलाउन सजिलो सेटसँगै यसका डिस्प्ले प्रयोगकर्ताले रुचाउने प्रकारले बनाइएको उनले बताए। 

रेडमी-९ ‘ए’ २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज क्षमताको छ । यो भेरियन्टको मूल्य  ११ हजार ४ सय ९९ रूपैयाँ छ । यो ग्रेनाइट ग्रे, पिकक ग्रीन र स्काई ब्लु गरि तीन रंगमा  उपलब्ध छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र