August 1, 2020

यस्ता छन् रेडमी नोट–९ स्मार्टफोन सिरिजका दुई बजेट मोडल सेग्मेन्ट 


काठमाडौं। सबै वर्गका प्रयोगकर्तालाई ध्यानमा राख्दै छिटो छिटो स्मार्टफोनका नयाँ मोडलहरु लञ्च गरिरहेको शाओमीले ‘रेडमी नोट–नाइन’ का थप दुइ मोडल नेपाली बजारमा उतारेको छ। 

बजेट सेग्मेन्टअन्तर्गत रेडमी-९ र रेडमी-९ ‘ए’ सार्वजनिक गरेको हो। शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले मितव्ययी खर्चमा धेरै सुविधा भएका स्मार्टफोन खोजी गर्ने प्रयोगकर्तालाई खुसी पार्ने कम्पनीले जनाएको छ। 

दुवै नयाँ मोडलको स्क्रिनका डिस्प्ले साइज समान छन् भने क्यामेरा गुणस्तरीय छन्। रेडमी नोट -९ को क्यामेराले छिटो र वाइड एंगल फोटो खिच्न सकिन्छ। यसमा ग्रुप सट र क्लोजअप फोटोहरू मनमोहक आउँछन्। यसमा क्यालिडोस्कोप र पाम सटरजस्ता विशेषताहरु समावेश भएकाले प्रिमियम क्यामेराका साथ फोटोग्राफी अनुभवमा रमाइलो र रचानात्मक तरिकाको मजा प्रयोगकर्ताले लिनसक्छन्।  

कोर्निङ गोरिल्ला ग्लास रहेको यसको ठूलो स्क्रीनले प्रयोगकर्तालाई सहज बनाउँछ। ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले रहेको रेडमी ९ ले एक क्रिस्टल क्लियर डिस्प्ले दिन्छ। यसमा अनुकूलित मिडियाटेक हेलियो जी–८० एसओसी छ। ५०२० एमएएच क्षमताको ब्याट्री रहेको रेडमी-९ ले १८ वाट फास्ट चार्जिङ टेक्नोलोजी सपोर्ट गर्छ।

३.५ एमएम हेडफोन ज्याक, आईआर ब्लास्टरका साथ आउने यो सेटमा दुइवटा सिम प्रयोग गर्न सकिन्छ। थप माइक्रो एसडी स्लट छ। रेडमी ९ कार्बन ग्रे, ओसन ग्रीन र सनसेट पर्पल गरेर तीन रंगमा बजारमा ल्याइएको छ। 

यो मोडल इन्टरनल मेमोरी र स्टोरेज क्षमताका आधारमा दुई प्रकारका छन्। ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज क्षमताको भेरियन्टको मूल्य १६ हजार ९ सय ९९ छ भने ४ जीबी र ६४ जीबी भेरियन्टको मूल्य १७ हजार ९ सय ९९ छ।

सस्तो सेटमा धेरै सुविधा खोज्नेलाई रेडमी ९ ‘ए’ 
यो नयाँ इन्ट्री लेबल स्मार्टफोनलाई शाओमीले साख विशेषतायुक्त बनाएको छ । यसमा ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्री छ। 

त्यस्ता प्रयोगकर्ताहरुलाई सन्तुष्ट पार्छ जो आफ्नो फोनमा धेरै कुरा गर्न र मज्जा लिन चाहन्छन् । रेडमी ९ ‘ए’ मा मिडियाटेक हेलियो जी–२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु छन्, जसले दिन प्रतिदिन सहज संचालन अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा एआई अप्टिमाइज्ड १३ एमपी रियर क्यामेरा छ। 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भन्छन् ‘शाओमीमा हामीले उल्लेखनीय स्मार्टफोन अनुभवहरु सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं।’ लामो समय टिक्ने ब्याट्री, चलाउन सजिलो सेटसँगै यसका डिस्प्ले प्रयोगकर्ताले रुचाउने प्रकारले बनाइएको उनले बताए। 

रेडमी-९ ‘ए’ २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज क्षमताको छ । यो भेरियन्टको मूल्य  ११ हजार ४ सय ९९ रूपैयाँ छ । यो ग्रेनाइट ग्रे, पिकक ग्रीन र स्काई ब्लु गरि तीन रंगमा  उपलब्ध छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग