
काठमाडौं, १२ साउन । रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुनः नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई चार वर्षका लागि राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पदमुक्त भएको करिब तीन सातापछि पुनः नियुक्त भएका सिलवाल यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् । नयाँ ऐन अनुसार उपाध्यक्ष र सदस्य सचिवको नियुक्ति मन्त्रीपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ । सिलवाल यसअघि नेपाल भलिबल संघको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिवमा नियुक्त भएका थिए ।
नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको तीनजना मध्येबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् । समितिले सिलवालसहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलाबहादुर थापाको नाम सिफारिस गरेको थियो ।
करिब ६ दशकअघि स्थापना भएको राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिवको नियुक्ति भएको हो । यसअघि राखेप सदस्य सचिवको नियुक्ति राजनीतिक आधारमा हुने गर्थ्यो ।
यसैबीच राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् । १३औं दक्षिण एसियाली खेलकुदको प्रचार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका कोइराला तेक्वान्दो युनियनका अध्यक्षका रुपमा क्रियाशिल रहेका छन् ।
सिलवाल र कोइराला दुवैको पदावधि ४ वर्षको रहनेछ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’