
चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा क्षति पु-याएको थियो।
त्यतिबेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस बनाएको थियो। चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।
पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न आग्रह
जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ। पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ। गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए।
यो वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ। पालिकाले मानिसको भीडभाड हुँदा कोरोना सङ्क्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागी नहुन सबैलाई आग्रह गरेको हो। विभिन्न जिल्लाबाट सर्वसाधरण मेला भर्न पुग्ने गरेका थिए । समुद्री सहतबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँच ताल रहेका छन्।
पाँचपोखरीमा जनैपूर्णिमाको मेला भर्न खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पुग्ने गरेका थिए। पाँचपोखरीको दुई/तीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने यो समुदायमा विश्वास छ। पालिकाले पाँचखोपारी क्षेत्रबाहेक अन्य ठाउँहरुमा समेत मेला, जात्रा, पर्वजस्तो मानिसको भीडभाड हुने कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए। पालिकामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३३ सङ्क्रमित छन्। रासस
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र