सिटिईभिटिबाट सम्बन्धन लिई पातन्जलले गर्यो व्यावसायिक योग तालीमको उद्द्घाटन

IMG_20200716_055350109365695_745220839353202_7684004434152326618_n
भक्तपुर,नबराज काफ्ले,२०७७ श्रावण ४ : पातञ्जल योग समिति नेपालले सिटिईभिटि बाट सम्बन्धन प्राप्त व्यवसायिक योग तालीमको साथै पातन्जजल योग  प्रतिष्ठान कार्यालयको उदघाटन गरेको छ । जीवन विज्ञानका संंस्थापक एवं पोखरा विश्वविद्यालयका सभासद एल पि भानु शर्माले एक कार्यक्रमका विच ब्यानर उत्तोलन गर्दै प्रतिष्ठान कार्यालय उदघाटन गरेका थिए ।received_1474219896099548
कार्यक्रममा सभासद एल पि भानु शर्माले पातञ्जल योग समिति नेपालले सिटिईभिटि सँग सम्बन्धन लिई ३९० घण्टाको औपचारीक योग कक्षा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै आफू विश्वविद्यालयको सभासद भएको नाताले पाठ्यक्रम एवं पाठयसामाग्री निर्माण लगायत योग कक्षा सञ्चालनमा आवाश्यकता अनुसार आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममाका विच एल पि भानुशर्माले साधनारत मानिसभित्रको चित्तका वृत्तिहरु बन्द हुन २१ दिनदेखि ३ महिना सम्म लाग्ने बताउदै चित्तका वृत्तिहरु बन्द भएको दिन व्यक्ति श्रेष्ठ हुने र सोहि श्रेष्ठ व्यक्तिको आचरणलाईनै लोकले अनुशरण गर्ने बारेमा जिकिर गरेका थिए । received_739560766822293
प्रशिक्षण प्रतिष्ठान कार्यालय उदघाटका साथ सात दिने निःशुल्क योग विज्ञान शिविरको पनि शुभारम्भ गर्नुहुँदै जिवन विकास विशेषज्ञ समेत रहेका एल पि भानुशर्माले योगीजनहरुले देशको कानुन,धर्म,सँस्कृत र परम्परालाई पूर्णरुपमा पालना गर्नुपर्ने बारेमा जोड दिएका थिए ।
पातञ्जल योग समिति नेपालका केन्द्रिय प्रमुख संरक्षक डा चन्द्रमणी खनालले ६ महिनाभित्र सम्पन्न गर्ने गरि सञ्चालनमा आएको ३९० घण्टाको आधारभुत योग प्रशिक्षण कार्यक्रमले देशभर योग जागरण अभियान ल्याउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरि केन्द्रिय संरक्षक बालमुकुन्द सुवालले योगजन्मभूमि नेपालमा हाम्रा ऋषिमुनि,योगी,ध्यानी,ज्ञानी महामानवहरु द्धारा निर्देशित योग परम्परा,मान्यताहरुलाई अनुशरण गर्दै पातञ्जल योग समिति नेपालले आफ्ना कार्यक्रमहरु अगाडि बढाएकोमा खुशी व्यक्त गरे ।
पातञ्जल योग प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष समेत रहेका पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले पातञ्जल योग समिति नेपालले सञ्चालन गर्दै आएको योग प्रशिक्षण तालिमको शैक्षिक प्रमाणपत्र राज्यद्धारा मान्यता प्राप्त हुने हुुँदा यसबाट कुनै पनि शैक्षिक संस्थामा स्तर अनुसारको अध्यापन गर्न सहयोग हुने एवं योग शिक्षण केन्द्रहरु खोलेर व्यवसाय र रोजगारमुलक काम गर्न सकिने बताए । अध्यक्ष सुवेदीेले यो तालिम पश्चात योग शिक्षक एवं पथ प्रर्दशक बनेर पर्यटन क्षेत्रमा रोजगारीका अवसरहरु प्राप्त गर्न सकिने बताउदै सिटिईभिटि बाट सञ्चालन हुने तेस्रो स्तरको योग शिक्षकको तालिममा पनि सहभागी हुन सकिने जानाकारी गराए ।
कार्यक्रममा सहभागी सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै प्रशिक्षण प्रतिष्ठानका प्रार्चाय दिपक प्रसाद नेपालले पातञ्जल योग समिति नेपालद्धारा २०७६ फाल्गुण महिनामा सिटिर्ईभिटि बाट सम्बन्धन प्राप्त गरि सञ्चालनमा आएको योग प्रशिक्षण तालिममा सहभागी हुन आहवान गरेका छन् । प्राचार्य नेपालले सो तालिममा सहभागीताको लागि न्यूनतम एस ई ई वा सो सरह उत्र्तिण अनिवार्य भएको वताउदै १८ बर्ष पुरा भएको नेपाली नागरिक हुनुपर्ने अवगत गराए ।
पातञ्जल योग समिति नेपालको योग जागरण अभियान सञ्चालन हेतु राष्ट्रिय कलाकार बासुदेव खनालले आफ्ना पिता स्व. हरिबोल खनालको सम्झनामा रु ५ हजार ५ नगद सहयोग गरेको केन्द्रिय कोषाध्यक्ष जानुकादेवी भट्टाराईले अवगत गराईन ।IMG_20200716_073905
त्यसैगरि मातृभुमि रक्षाको खातिर केहि दशक अघि देखि गुमेको भूमि फिर्ता गर्न पातञ्जल योग समिति नेपालले संस्थागत तवरमा बुलन्द आवाज उठाएको बारेमा सवैको ध्यानाकर्षण गराउँदै दर्शन ईन्फोसिस प्रालिका अध्यक्ष सरोज अधिकारीले गुमेको भूगोल सहित समेटीएको एक थान नक्शा प्रशिक्षण प्रतिष्ठानलाई निःशुल्क हस्तान्तरण गरेका छन् ।IMG_20200716_074040
प्रशिक्षण प्रतिष्ठान कार्यालय एवं सात दिने शिविर उदघाटन कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रिय सल्लाहकार संयोजक एवं साझा प्रकाशन प्रालिका महाप्रबन्धक होम प्रसाद गौतम, पातञ्जल योग प्रशिक्षण प्रतिष्ठानका उपाध्यक्ष गीता प्रसाद नेपाल, हिशान भक्तपुरका अध्यक्ष अनिल कसपाल,पारीजात साकोस,भक्तपुरका अध्यक्ष धु्रव रायमाझी,प्रशिक्षण प्रतिष्ठानका व्यवस्थापक केदार प्रसाद काफ्ले,वरिष्ट योग प्रशिक्षक शकंर मानन्धरले योग प्रशिक्षण तालिम एवं योगको मह्त्वको बारेमा आ–आफ्नोे धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन