July 14, 2020

 सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा डिसहोमको आवेदन 

 

download २९ असार,काठमाडौं। नेपालको पहिलो डिटिएच डिसहोमले साधरण सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा सोमबार आवेदन दिएको छ। कम्पनीले चुक्ता पुँजीको साढे १० प्रतिशत सेयर सर्वसाधरणमा जारी गर्न लागेको हो।

कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको जानकारी दिए। कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँको हो। ‘हामीले सर्वसाधरणमा सेयर जारी गर्न बोर्डमा आवेदन दिएका छौं। हामीले कम्पनी स्थापना भए देखिनै मुनाफाको हिस्सेदार जनता बनाउने उदेश्य थियो। त्यही उदेश्य अनुसार सेयर निष्कासन गर्न लागेका हौ’ उनले बिजमाण्डूसँग भने।

कम्पनीको १५ लाख ग्राहक छन्। कम्पनीको रिजर्भमा १२ करोड रुपैयाँ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल हो। सुरुवातमा डिस नेपाल र होम टिभी सेवा सुरु भएको केही महिनामै मर्ज भएर डिस होम संचालनमा ल्याएका थिए। डिसहोमले इन्टरनेट सेवा पनि सुरु गरिसकेको छ। हाल सिम टिभीको आइएसपीबाट इन्टरनेट वितरण सुरू भएको छ।

टेलिभिजन प्रसारणका लागि चाहिने सेटटप बक्स नेपालमै उत्पादन हुन थालेको छ। डिजिटल होम इन्टरनेशनलले ललितपुरको गोदावरीस्थित प्लान्टबाट सेटटप बक्स एसेम्बल थालेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग