मेरो पहिलो प्राथमिकता योग र ध्यान: शिक्षा मन्त्री पोखरेल

received_2634514010199278
भक्तपुर,नबराज काफ्ले,०७७ असार २५ ः पातञ्जल योग समिति नेपालले आयोजना गरेको गुरुपुर्णिमा विशेष उत्सव कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणी पोखरेलले योग,ध्यानलाई पहिलो प्राथमिकता राखि आफु अगाडि बढेको बताउनु भएको छ । जुम वेबीनार मार्फत राष्ट्रिय अन्तराष्ट्रिय स्तरका यौगिक संघसंस्थाहरु,विषय विज्ञ व्यक्तित्वहरुका विच सम्पन्न कार्यक्रमकाबीच मन्त्री पोखरेलले सो कुरा उल्लेख गर्नुभएको हो ।
मन्त्री पोखरेलले योग अभ्यासको हालै सार्वजानिक गरेको राष्ट्रिय प्रोटोकलमा ४१ वटा आसन,३ वटा प्राणायम ,१ ओटा ध्यान,जुन आनपान मात्रै रहेको कुरा अवगत गराउँदै अव त्यसको दोस्रो प्रोटोकलको रुपमा ध्यानमा आधारित राष्ट्रिय ध्यान प्रोटोकल निर्माण गर्ने दिशामा मन्त्रालय अगाडि बढिरहेको जानाकारी गराउनु भयो ।
अहिले कोभिडले श्रृजना गरेको महामारी,विपदका विचबाट हामी अगाडि बढिरहेका छौ र यो संकटले हामी ध्यान योगका अभियान्ता एवं पक्षधरहरुलाई नयाँ ढगंले अगाडि बढ्न प्रेरित पनि गरेको बारेमा प्रकाश पार्दै मन्त्री पोखरेलले गूरुपूर्णिमाको उपलक्ष्यमा प्रविधिमैत्री कार्यक्रमको आयोजना गरेकोमा पातञ्जल योग समिति नेपाललाई बधाई समेत दिनुभएको छ ।
कार्यक्रममा मन्त्री पोखरेलले सार्वजानिक शिक्षा एवं अर्गानिक कृषिलाई अगाडि बढाउने,विज्ञान र प्रविधिको क्षेत्रमा भएका वैज्ञानिक खोजिहरुलाई जोड्दै समाजवादको बाटोलाइ अङ्गिकार गर्ने गरि छलफल बहसको थालनी गर्नुपर्ने बारेमा जोड दिनु भयो ।
तपाई हामी सबै अहिलेका गुरुहरु भएको बारेमा उल्लेख गर्दै मन्त्री पोखरेलले हामी सँग योग ध्यानको विकास गर्ने ३ वटा शिव,बुद्ध र जनक सभ्यताले खोजी गरेका मह्त्वपुर्ण पक्षलाई रक्षा गरि सो कुरा अहिलेको नयाँ पुस्तालाई ठिक ढगंले सिकाउन पर्नेमा जोड दिनु भएको थियो ।
मन्त्री पोखरेलले “ईतिहासका कति कुरा सच्चाई हुन,कति कुरा मिथ हुन, त्यो कुरा मलाई थाहा छैन तर शिवले योग ध्यानको प्रतिपादन गरेपछि सप्तऋषिहरुलाई त्यो शिक्षा दिनु भयो र साउन र माघमा गएर उहाँहरुकै वरीपरी यी दुईखालका शिविरहरु चलेका” गुरु शिष्यको लामो परम्परा ईतिहास भएको उल्लेख गर्दै सो बेलाको ज्ञानलाई अहिलेको युग र मान्छेको आवाश्यकतालाई सम्बोधन गर्नेगरि ढाल्नु पर्नेमा जोड दिनुभयो ।
गुरु शिष्य परम्परा अन्र्तगत यो दिवश मनाईरहदा हामीले भेदभाद सृजना गर्ने पद्धतिलाई अन्त्य गर्नू पर्नेमा जोड दिदै मन्त्री पोखरेलले मान्छेलाई समानता,स्वतन्त्रता प्रदान गर्ने सन्र्दभमा हरेक मान्छेलाई सुविधा र सुरक्षा दिने गरि अगाडि बढ्न हामी सबैले विशेष ध्यान दिनुपर्ने आवाश्यकता औल्याउनु भएको छ ।
गुरुपुर्णिमा विशेष उत्सव कार्यक्रममा नेपाल सरकारका पुर्व उर्जा राज्य मन्त्री चन्द्र सिह भट्टराई , माक्र्सीय गुरुकुलका अध्यक्ष एवं राष्ट्रिय योग सन्जालका संयोजक स्वनाम साथी,ओम समाज डेन्टल अस्पतालका सञ्चालक डा सुवास घिमिरे,महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापा,पातञ्जल योग समिति नेपालका केन्द्रिय प्रमुख संरक्षक डा चन्द्रमणी खनाल, संरक्षक बालमुकुन्द सुवाल,अध्यक्ष सुर्दशन सुवेदी,सल्लाहकार संयोजक एवं साझा प्रकाशन प्रालिका महाप्रवन्धक होम प्रसाद गौतम,केन्द्रिय सदस्यहरु दिर्घराज गिरी,डा प्रकाश पाण्डे,प्रदिपकुमार श्रेष्ठ,सुर्वणलाल चित्रकार,रामनाथ अधिकारी,नेपाल आर्युवेदिक औषधी व्यवसायिक संघका केन्द्रिय सदस्य गंगा ढकाल,त्रिभुवन विश्वविद्यालय,यौगिक विज्ञान विभागका सहायक प्रध्यापक डा आनन्द गैरे, स्वामी प्रेम आलोक,पातञ्जल प्रदेश नं ५ का अध्यक्ष लोकेन्द्र न्यौपाने,प्याब्सन सुदुरपश्चिम प्रदेशका अध्यक्ष योगाचार्य सुरेन्द्र ओझा,गायककार एवं पातञ्जल योग समिति भक्तपुरका साँस्कृतिक विभाग प्रमुख अशोक नेपाली,पातञ्जल योग समिति भैरवाका अध्यक्ष लता प्रधान लगायतले गुरुपुर्णिमाको महत्वको बारेमा प्रकाश पारेका थिए ।
गुरुपुर्णिमा विशेष उत्सव कार्यक्रम कोभिड विरुद्धको निर्देशनलाई पालना गर्दै पतन्जली ऋषिको प्रतिमा राखि देशभर श्रद्धाभावका साथ मनाईएको पातञ्जल योग समितिका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले जानाकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

मन्त्रिपरिषद्को १५ निर्णय सार्वजनिक, पूर्वसचिव विष्ट सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्ष नियुक्त

काठमाडौं, असार १६ – सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका १५ निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चार

यि १२ जिल्लामा आज र भोलि विभिन्न भारी वर्षा हुने सम्भावना

 असार १५,काठमाडौँ  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज