असार १३,काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठकमा सीमा समस्या तथा समाधान एजेण्डामा छलफल चलिरहेको छ। गएको बुधबार शुरु भएको बैठक शनिबार पनि बस्यो।बैठकमा सीमा समस्याबारे छलफल हुँदा वामदेव गौतम जंगिए। उनी जंगिनुको विशेष कारण छ। उनले बैठकमा महाकाली सन्धीको विरोध गर्दा तत्कालिन एमालेले कारबाही गरेको तर, अहिले आफूले उठाएको कुरा ठिक देखिएकाले नेताहरुले यो विषयमा गल्ति स्वीकार गर्नुपर्ने बताए।
उनले महाकाली सन्धी हुँदा काली नदीको मुहान लिम्पियाधुरा भएको किटान गरौं भन्दा आफूमाथि पार्टीले कारबाही गरेको भन्दै अहिले सोही लिम्पियाधुरासहितको नक्शा जारी हुँदा त्यतिबेलाको आफ्नो कुरा सही भएको बताए।
बैठकमा सहभागी स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले उपाध्यक्ष गौतमले महाकाली सन्धीको विरोध गर्दा आफूमाथि कारबाही गरेकामा गुनासो गरेको जानकारी दिए। पौडेलले भने, ‘आजको बैठकमा पनि नेताहरुले सीमा समस्याबारे बोल्नु भयो। वामदेव जीले गुनासो व्यक्त गर्नु भयो।’
महाकाली सन्धीका कारण तत्कालीन नेकपामा चर्केको विवादका कारण पार्टीसमेत विभाजन भएको थियो।
उता शनिबारको बैठकमा मणि थापा र टोपबहादुर रायमाझीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता नभए नेपाल लड्नका लागि पनि तयार हुनुपर्ने बताए। अरु नेताहरुले भने वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका थिए।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे