June 20, 2020

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिन सकिने नेकपाको निर्णय

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिन सकिने निर्णय गरेको छ ।

शनिवार बसेको सचिवालय बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकका कतिपय प्रावधानहरूमा छलफल भइरहेको सन्दर्भमा नेकपाले यस्तो निर्णय गरेको हो l

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्ने अंगीकृत नागरिकताबारे भएको छलफलमा ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेश गरेपछि नेपालमा वैवाहिक अंगीकृत नागरिकता पाउन सक्ने सहमति भएको छ ।’

उनले सामाजिक सांस्कृतिक अधिकार भने विवाह गरेको दिनदेखि नै प्राप्त गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि