June 19, 2020

भारत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित, नेपालले पनि दियो पक्षमा भोट

काठमाडाैं, असार ५ : भारत संयुक्त राष्ट्रसंघको शक्तिशाली सुरक्षा परिषदमा दुई वर्षका लागि अस्थायी सदस्यमा निर्वाचित भएको छ । बुधवार भएको निर्वाचनमा १९३ सदस्यीय महासभामा भारतले १८४ मत पाएको हो ।

भारतसँगै आयरल्यान्ड, मेक्सिको र नर्वे पनि अस्थायी सदस्यमा निर्वाचित भएका छन् । मतदानमा १९२ सदस्य राष्ट्र उपस्थित थिए । दुईतिहाइ बहुमतका लागि १२८ मत आवश्यक थियो । भारतले १८४ मत पायो भने क्यानडाले चुनाव हार्‍यो । भारतका विरुद्ध कसैले पनि मत दिएन । नेपालले पनि भारतकै पक्षमा मत दिएको थियो ।

भारतले एसिया प्रशान्त क्षेत्रका सदस्य मुलुक सबैको भोट पाएको थियो । चीन र पाकिस्तानले पनि उसको पक्षमा मत दिएका थिए । सुरक्षा परिषद्का स्थायी सदस्यहरू चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका हुन् भने अहिले अस्थायी सदस्यहरू इस्टोनिया, नाइजर, सेन्ट भिन्सेन्ट यान्ड द ग्रेनाडिन्स, ट्युनिसिया र भियतनाम छन् । 

नेपाल पनि सन् १९६९–७० र १९८८–८९ मा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएको थियो । पञ्चायतकालमा त्यसरी विजय भएको नेपाल बहुदल लागेपछि भएको निर्वाचनमा चाहिँ लज्जास्पद रूपमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका