
काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट अहिलेसम्मकै अधिक मानिसको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिनमा दुई हजार ३ जनाको मृत्यु भएको हो ।
हालसम्म भारतभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ । त्यसैगरी एकदिनमा १० हजार ९७४ कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या तीन लाख ५४ हजार ६५ पुगेको छ ।
जसमा एक लाख ५५ हजार २२७ सक्रिय कोरोना संक्रमित हुन् भने एक लाख ८६ हजार ९३५ संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा मंगलबार ३८० कोरोना संक्रमितको मृत्यु भएको थियो भने बुधबार अहिलेसम्मकै उच्च संख्यामा देखिएको मृत्यु हो । भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । जहाँ एक लाख १३ हजार ४५ कोरोना संक्रमित छन् । जसमा ५० हजार ५७ सक्रिय संक्रमित रहेका छन् । महाराष्ट्रमा ५ हजार ५३७ कोरोना संक्रमितको मृत्यु भएको छ । –डीएनए इन्डिया
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले