
काठमाडौं । नोभेल कोरोना भाइरसका ५८६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएका हुन् ।
सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए ।
देशभरका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
कुल संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । हालसम्म एक हजार १६७ संक्रमितको उपचारपछि डिस्चार्ज गरिएका छन् ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
देशभर हालसम्म एक लाख ४९ हजार ७७२ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ३३ हजार ५४३ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख २५ हजार ६५८ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार ९९० कोरोना संक्रमितहरु रहेका छन् ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या