June 17, 2020

विद्युत महशुल १० प्रतिशत घट्यो

 

असार ३, काठमाडौं । विद्युत् नियमन आयोगले विद्युतको महशुल समायोजन गरेको छ । आयोगको सोमबार बसेको संचालक समितिको बैठकले विद्युत महशुल समायोजन सम्बन्धी प्रस्तावको फैसला गरेको हो ।

आयोगका निर्णय अनुसार समग्रमा विद्युतको महशुल १० प्रतिशतले घटेको छ । प्रयोजन र खपतका आधारमा महशुलको दर व्यवस्था गरिएको छ । यसैगरी उद्योगहरुलाई प्रदान गर्दै आएको ट्रंक र डेडिकेटेड लाइनको व्यवस्था समेत खारेज भएको छ ।

आयोगको निर्णय अनुसार घरायसी प्रयोजनमा १० युनिट भन्दा कम खपत गर्ने उपभोक्ताले न्युनतम ३० रुपैयाँ तिर्नु पर्छ । यसैगरी ११ देखि २० युनिटका लागि न्यूनतम मासिक शुल्क ३० रुपैयाँ र त्यसमा इनर्जी शुल्क प्रति किलोवाट आवर ३ रुपैयाँ लाग्ने छ ।

२१ देखि ३० युनिटको न्यूनतम मासिक शुल्क ५० रुपैयाँ र प्रति युनिट साढे ६ रुपैयाँ छ । यसैगरी ३१ देखि ५० युनिटका लागि न्युनतम ५० र अतिरिक्त प्रति युनिट ८ रुपैयाँ, ५१ देखि १०० युनिटका लाग न्यूनतम मासिक ७५ रुपैयाँ र प्रति युनिट साढे नौ रुपैयाँ १०१ देखि १५० मा न्यूनतम १०० रुपैयाँ र प्रति युनिट साढे नौ रुपैयाँ, १५१ देखि २५० सम्म न्यूनतम मासिक शुल्क १२५ र प्रति युनिट १० रुपैयाँ महसुल तोकिएको छ।

यसैगरी २५१ देखि ४०० सम्म न्युनतम मासिक शुल्क १५० रुपैयाँ र प्रति युनिट ११ रुपैयाँ तथा ४०० युनिटमाथि न्युनतम १७५ रुपैयाँ र प्रति युनिट १२ रुपैयाँ लाग्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण