आर्थिक विधेयक २०७७ पारित

103159985_303168034149764_1085565551225960208_n

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेस गरेका आर्थिक विधेयक २०७७ बहुमतले पारित भएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेकाे आर्थिक विधेयक बहुमतले पारित भएको हो । 

यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै व्यवसाय सुचारु गर्ने वातावरण तयार गरिने बताएका थिए । 

संसदमा सबै दल मिलेर जाने अभ्यास सुरु भएको उल्लेख गर्दै उनले यसका लागि पनि सबै दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताए । 

कडा लकडाउनका कारण वैशाख र जेठ महिनामा केही अप्ठ्यारो भए पनि अब व्यावसायिक वातावरण खुला भएकाले आन्तरिक व्यापार र भन्सार आयातको अवस्था पुरानै अवस्थामा फर्किने उनको भनाइ छ । 

अर्थमन्त्री खतिवडाले बैंकहरूलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । 

अहिलेको परिस्थितिमा अस्वाभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरू टाट पल्टिने र बैंकहरू पनि अप्ठ्यारोमा पर्ने उनको भनाइ थियो । 

उनले जेठ महिनाको राजस्वको संकलन दरले दैनिक खर्च उठाउने अवस्था नरहेको जानकारी सदनलाई दिए । 

मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने गरेको अवस्थामा भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब  मात्रै संकलन हुने गरेको उनले बताए ।

अर्थमन्त्री खतिवडाले राजस्वको स्थिति अप्ठ्यारो भएकाले त्यो राजस्वले दैनिक खर्च धान्न सक्ने स्थिति नभएको बताएका हुन् । 

उनले भने, ‘यसलाई स्वीकार गर्नुपर्छ । अहिले हामीले जति दैनिक राजस्व उठाउँछौँ त्यो राजस्वले हाम्रो दैनिक खर्च धान्न सक्ने स्थिति छैन । मैले जेठ महिनाको मोटामोटी आकलन गर्दै गर्दा मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुन्छ । मासिक रूपमा भन्सारबाट औसत रूपमा १५ अर्ब, केही अर्ब रुपैयाँ आन्तरिक राजस्वबाट उठ्छ । जसले गर्दाखेर अनिवार्य दायित्वलाई पूरा गर्नलाई हामीले थप प्रयास गर्नुपर्ने भएको छ ।’

सांसदहरूले आर्थिक विधेयकले उद्योगी र व्यापारीले अर्बौं छुट पाउने र गरिब मजदुर किसानहरू महँगीको मारमा पर्ने भन्दै संशोधन गर्नुपर्ने माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र