रुकुम घटनामा सीआईबीको टोली खटाइयो

2020-06-01_CIB-Board

जेठ १९, काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ मा भएको घटनाको अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाइएको छ । 

घटनाको प्राविधिक अनुसन्धानका लागि दुई सदस्यीय ‘टेक्निकल’ टोली खटाइएको हो । टोली रुकुम पुगिसकेको र स्थानीय प्रहरीलाई सघाउने सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी ८ मा मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जाँदा जाजरकोटका २१ वर्षीयका नवराज विकलगायतको ज्यान गएको थियो ।

केटा र केटी पक्षबीच झडप हुँदा ज्यान गएको बताइँदै आएको छ । नवराजसहित अन्य पाँचजनाको ज्यान गएको थियो भने एकजना अझै भेरी नदीमा बेपत्ता छन् । घटनाबारे प्रहरी अझै निष्कर्षमा पुगिसकेको छैन ।पीडित पक्षले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण