
जेठ १९, काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ मा भएको घटनाको अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाइएको छ ।
घटनाको प्राविधिक अनुसन्धानका लागि दुई सदस्यीय ‘टेक्निकल’ टोली खटाइएको हो । टोली रुकुम पुगिसकेको र स्थानीय प्रहरीलाई सघाउने सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए ।
जेठ १० गते रुकुम पश्चिम चौरजाहारी ८ मा मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जाँदा जाजरकोटका २१ वर्षीयका नवराज विकलगायतको ज्यान गएको थियो ।
केटा र केटी पक्षबीच झडप हुँदा ज्यान गएको बताइँदै आएको छ । नवराजसहित अन्य पाँचजनाको ज्यान गएको थियो भने एकजना अझै भेरी नदीमा बेपत्ता छन् । घटनाबारे प्रहरी अझै निष्कर्षमा पुगिसकेको छैन ।पीडित पक्षले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल