May 29, 2020

नेपालमा थप १७० जनामा कोरोना पोजिटिभ भेटियो, संक्रमितको संख्या १२१२

 

जेठ १६,काठमाडौं । नेपालमा शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

संक्रमित हुनेमा झापाका २८, सप्तरी ४, बारा ४ र पर्साका १ जना रहेको छन्। यसैगरी पाटन अस्पतालमा रहेका १ जनासहित सर्लाहीमा थप ५ जनामा कोरोना पुष्टि भएको छ। यस्तै बाँकेमा १० जनामा थप संक्रमण देखिएको छ भने कपिलवस्तुमा ५१ जनामा कोरोना देखिएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना तथा रौतहटका ५६ जनामा पनि कोरोना पुष्टि भएको छ। यस्तै रुपन्देहिमा १ जना दाङमा २ जना तथा म्याग्दिमा १ जनामा संक्रमण देखिएको छ।

ती मध्ये १६५ जना पुरुष र ५ जना महिला छन्। यो संगै संक्रमितको संख्या १२१२ पुगेको छ। यस्तै शुक्रबार थप १९ जना निको भएका छन्। निको हुनेको संख्या २०६ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको