
जेठ ११ आइतबार, काठमाडौं । संघीय संसद्को प्रतीकका रूपमा रहेको लोगो परिवर्तन गरिने भएको छ ।कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समितिले सो निर्णय गरेको हो । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताए ।
संघीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरूपता ल्याउन प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २२१ अनुसार सांसदहरूको पोसाक र संघीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोकेबमोजिम हुने व्यवस्था छ ।
यसैगरी बैठकले १२ जेठका लागि बोलाएको बैठक एक दिन पर सरेको छ । १२ गते मुस्लिम समुदायको पर्व इद–उल–फित्र परेकाले बैठक एक दिन पर सारिएको हो । बैठक १३ गते ११ बजे बस्नेछ ।
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले