काठमाडौं, जेठ ७ : भारतमा एकै दिन ६ हजार भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्।
मंगलबार भारतमा ६ हजार १ सय ४७ जना नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै भारतमा संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ।
वल्डओमिटरको बुधबार बिहान पौने ९ बजेसम्मको तथ्यांक अनुसार भारतमा मृतकको संख्या ३ हजार ३ सय २ पुगेको छ। मंगलबार एकैदिन भारतमा १ सय ४६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
गएको २४ घन्टामा विश्वभर कोरोना संक्रमणको कारण ४ हजार ५ सय ७० जनाले ज्यान गुमाएका छन्। विश्वभर अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार ५ सय ५३ पुगेको छ।
संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ। अहिलेसम्म ४९ लाख ८२ हजार ८ सय ७५ जना संक्रमित भएका छन्। हिजो एकै दिन विश्वभर गरेर ९४ हजार ७ सय ५१ जना नयाँ संक्रमित थपिएका छन्।
मंगलबार सबैभन्दा धेरै अमेरिकामा २० हजार भन्दा बढी र ब्राजिलमा १६ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्।
ब्राजिलमा एकै दिन ११ सय ३० जनाले ज्यान गुमाएका छन् भने भने अमेरिकामा १५ सय ५२ जनाले ज्यान गुमाएका छन्।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि