काठमाडौं, जेठ ५ : सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशबारे हाल जारी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ।
आइतबार बसेको बैंठकमा पनि उक्त विषय छलफल भएको तर सो बैठकमा निर्णय हुन नसकेपछि पुनः अहिले मन्त्रिपरिषद्को बैठक बसेको हो।
स्रोतका अनुसार सो बैठकमा प्रधानमन्त्रीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई नेपालीहरुको उद्दार गर्नेबारे एक प्रस्ताव तयार गरी सोमबारको बैठकमा पेश गर्न भनेका थिए।
विदेशमा रहेका लाखौं नेपालीमध्ये ठूलो संख्यामा स्वदेश फर्किन चाहेका छन्।
भारत लगायत बिभिन्न मुलुकले आफ्ना नागरिकहरुको उद्दार थालिसक्दा पनि नेपाली नागरिकहरु अल्पत्र परिरहेको हुँदा सरकारको चौतर्फि आलोचना भइरहेको छ।
सोहिअनुसार छलफलमा सरकार रहेको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले जानाकारी गराए।
‘सरकारले यो विषयमा केहि निर्णय गर्ने नै छ। एउटा मापदण्ड बनाएर आफ्ना नागरिक ल्याउने विषयमा निरन्तर छलफल भैरहेको नै हो,’ दुगडले भने।
सोहि मापदण्डअनुसार अल्पत्र नागरिकहरुलाई स्वदेश ल्याइनेछ।
नेपाल ल्याएपछि उनीहरुलाई राखिने क्वारेन्टिनमा आवश्यक खाद्यान्न लगायतको व्यवस्थापन र अन्य तयारी गर्ने जिम्मेवारी आपूर्ति मन्त्रालयलाई दिइसकिएको छ।
‘खाद्यान्न लगायतको तयारी हामीले सुरु गरिसकेका छौं,’ दुगडले भने।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे