जेठ १,काठमाडौं : अमेरिकाले आफूले कोरोना भाइरसको खोप सम्बन्धी गरिरहेको अनुसन्धानको डाटा चीनले चोर्ने प्रयास गरिरहेको बताएको छ । अमेरिकी सुरक्षा एजेन्सी होमल्याण्ड सुरक्षा विभाग र एफबीआईले बुधबार एक विज्ञप्ति जारी गर्दै चीनले अमेरिकामा कोरोना भाइरस खोप सम्बन्धी भइरहेको अनुसन्धानको डाटा चोरी गर्न खोजिरहेको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ– चीनले कोरोना सम्बन्धी अमेरिकी अनुसन्धान संस्थानहरूमा भइरहेको अनुसन्धानसँग सम्बन्धित डाटा चोरी गर्न खोजेको छ । अमेरिकाले भनेको छ । यो गम्भीर खतरा हो ।
एफबीआई र डीएचएसको साइबर आर्म सीआईएसएले भनेका छन्, “चीनको आँखा अमेरिकामा रहेको संस्थाको तथ्यांकमा रहेको छ जसले कोरोना भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका छन् । कोविड– १९ स्वास्थ्य र औषधि, अनुसन्धान र अनुसन्धान क्षेत्रमा दिनरात काम गर्दैछन्, तर उनीहरूलाई थाहा हुनुपर्दछ चीनले यी अनुसन्धानहरूमा आँखा लगाइरहेको छ र साइबर आक्रमणबाट यसलाई चोरी गर्न सक्छ ।”
अमेरिकाले सुरु देखि नै चीनले कोरोना भाइरस महामारीको फाइदा लिन खोजिरहेको र कोविड–१९ बारे गरिएको अनुसन्धानमा साइबर जासूसी गर्न खोजिरहेको छ आरोप लगाउँदै आएको छ । यद्यपि अमेरिकाले यस सम्बन्धमा कुनै प्रमाण भने दिन सकेको छैन बीबीसीले भनेकाे छ ।
बुधवार अमेरिकाले जारी गरेको चेतावनी पछि दुई देशबीचको सम्बन्धमा पुनः कटुुता थपिएको छ । ट्रम्प प्रशासनले पहिले नै चीनलाई कोरोना भाइरस प्रकरणमा सूचना लुकाएको आरोप लगाउँदै पारदर्शी नरहेको बताउँदै आएको छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले