जेठ १,काठमाडौं : अमेरिकाले आफूले कोरोना भाइरसको खोप सम्बन्धी गरिरहेको अनुसन्धानको डाटा चीनले चोर्ने प्रयास गरिरहेको बताएको छ । अमेरिकी सुरक्षा एजेन्सी होमल्याण्ड सुरक्षा विभाग र एफबीआईले बुधबार एक विज्ञप्ति जारी गर्दै चीनले अमेरिकामा कोरोना भाइरस खोप सम्बन्धी भइरहेको अनुसन्धानको डाटा चोरी गर्न खोजिरहेको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ– चीनले कोरोना सम्बन्धी अमेरिकी अनुसन्धान संस्थानहरूमा भइरहेको अनुसन्धानसँग सम्बन्धित डाटा चोरी गर्न खोजेको छ । अमेरिकाले भनेको छ । यो गम्भीर खतरा हो ।
एफबीआई र डीएचएसको साइबर आर्म सीआईएसएले भनेका छन्, “चीनको आँखा अमेरिकामा रहेको संस्थाको तथ्यांकमा रहेको छ जसले कोरोना भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका छन् । कोविड– १९ स्वास्थ्य र औषधि, अनुसन्धान र अनुसन्धान क्षेत्रमा दिनरात काम गर्दैछन्, तर उनीहरूलाई थाहा हुनुपर्दछ चीनले यी अनुसन्धानहरूमा आँखा लगाइरहेको छ र साइबर आक्रमणबाट यसलाई चोरी गर्न सक्छ ।”
अमेरिकाले सुरु देखि नै चीनले कोरोना भाइरस महामारीको फाइदा लिन खोजिरहेको र कोविड–१९ बारे गरिएको अनुसन्धानमा साइबर जासूसी गर्न खोजिरहेको छ आरोप लगाउँदै आएको छ । यद्यपि अमेरिकाले यस सम्बन्धमा कुनै प्रमाण भने दिन सकेको छैन बीबीसीले भनेकाे छ ।
बुधवार अमेरिकाले जारी गरेको चेतावनी पछि दुई देशबीचको सम्बन्धमा पुनः कटुुता थपिएको छ । ट्रम्प प्रशासनले पहिले नै चीनलाई कोरोना भाइरस प्रकरणमा सूचना लुकाएको आरोप लगाउँदै पारदर्शी नरहेको बताउँदै आएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि