April 13, 2020

आफ्ना नागरिक फिर्ता नलैजाने देशलाई यूएईले कारवाही गर्ने

 २०७७ वैशाख १ गते , काठमाडौं। कोरोनाभाइरसको महामारीका बीचमा आफ्नो देश फर्कन चाहने नागरिकलाई फर्काउन चासो नदिने देशहरुलाई यूएईले कारवाही गर्ने भएको छ । अहिले यूएईमा कोरोनाभाइस फैलिएसँगै त्यहाँ बस्ने प्रवासी कामदारहरुले आफूहरुलाई घर फर्काउन आफ्नो देशको सरकारसँग आग्रह गरिरहेका छन् । यसरी आग्रह गर्नेहरुमा नेपालीहरु पनि छन् । यसरी आफ्ना देशका नागरिकले स्वदेश फर्काउन आग्रह गरिरहँदा जुन–जुन देशका सरकारले फर्काउन चासो दिएका छैनन्, ती देशहरु यूएईको कारवाहीको दायराभित्र पर्नेछन् ।

यूएईको मानव संशाधन र एमिरेटिसेसन मन्त्रालयले यूएईको निजी क्षेत्रमा काम गर्ने नागरिकलाई आफ्नो देश फर्काउन अस्वीकार गर्ने देशहरूसँगको सम्बन्धमा पुनर्विचार गर्ने भनेको छ । मन्त्रालेले ती देशहरुसँगको आफ्नो सम्बन्ध, श्रम सम्झौता र आपसी सहयोगका विषयमा पुनर्विचार गर्नेछ । यसमा श्रमिकको संख्या कटौती गर्ने देखि लिएर श्रम सम्झौता नै रद्द गर्नेसम्मको पुनर्विचार हुन सक्ने खलीज टाइम्सले लेखेको छ । यद्यपि कुन हदसम्मको अवस्थामा श्रम सम्झौता नै रद्द हुने हो भन्ने खुलाइएको छैन । मन्त्रालयले यीबाहेक अन्य विभिन्न विकल्पहरुको बारेमा पनि अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि