April 13, 2020

नेपालमा थप एकजनामा कोरोना संक्रमणको पुष्टी

२०७७ वैशाख १ ,काठमाडौँ । नेपालमा थप एक जनामा कोरोनाको संक्रमण (कोभिड–१९) भएको पुष्टी भएको छ । कैलालीको लम्की चुहा नगरपालिका-१ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जनाएको छ। यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी चैत्र १७ गतेदेखि कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

आज एक जनाको कोरोना पुष्टी भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । यसअघि हिजो वीरगञ्जमा तीन जना भारतीय नागरिक संक्रमित भेट्टिएका थिए ।

१३ जना संक्रमितमध्ये पहिलो कोरोना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने शुक्रराट ट्रपिकल तथा राष्ट्रिय सरुवारोग केन्द्रमा उपचार गराईरहेका दुई जना एक दुई दिनमा डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र