April 13, 2020

नेपालमा थप एकजनामा कोरोना संक्रमणको पुष्टी

२०७७ वैशाख १ ,काठमाडौँ । नेपालमा थप एक जनामा कोरोनाको संक्रमण (कोभिड–१९) भएको पुष्टी भएको छ । कैलालीको लम्की चुहा नगरपालिका-१ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जनाएको छ। यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी चैत्र १७ गतेदेखि कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

आज एक जनाको कोरोना पुष्टी भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । यसअघि हिजो वीरगञ्जमा तीन जना भारतीय नागरिक संक्रमित भेट्टिएका थिए ।

१३ जना संक्रमितमध्ये पहिलो कोरोना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने शुक्रराट ट्रपिकल तथा राष्ट्रिय सरुवारोग केन्द्रमा उपचार गराईरहेका दुई जना एक दुई दिनमा डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या