इटलीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५७० जनाको मृत्यू भएको छ । यो समयमा नयाँ संक्रमणका ४ हजार जति घटना सार्वजनिक भएका छन् ।

इटलीमा अहिलेसम्म एक लाख ४७ हजार संक्रमित भेटिएका छन् । यसअघि यहाँ ९ मार्च देखि ३ अप्रिलसम्म लकडाउन घोषणा गरिएकोमा यसलाई बटाएर १३ अप्रिलसम्म बनाइएको थियो । यसलाई पुनः बढाएर अहिले ३ मेसम्म पुर्याइएको छ ।
त्यस्तै यूरोपकै फ्रान्समा शुक्रबार ९८७ जनाको मृत्यू भएको छ । यससँगै १३ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । इटली, स्पेन र अमेरिकापछि फ्रान्स सबैभन्दा धेरै मानवीय क्षति हुने देश बनेको छ ।
कोरोनावाइरस : सबैभन्दा धेरै प्रभावित १० देश
| देश | संक्रमित | मृत्यू | निको हुनेको संख्या |
| अमेरिका | 5,02,876 | 18,747 | 27,314 |
| स्पेन | 1,58,273 | 16,081 | 55,668 |
| इटली | 1,47,577 | 18,849 | 30,455 |
| फ्रान्स | 1,24,869 | 13,197 | 24,932 |
| जर्मनी | 1,22,171 | 2,767 | 53,913 |
| चीन | 81,953 | 3,339 | 77,525 |
| बेलायत | 73,758 | 8,958 | 344 |
| ईरान | 68,192 | 4,232 | 35,465 |
| टर्की | 47,029 | 1,006 | 2,423 |
| बेल्जियम | 26,667 | 3,019 | 5,568 |
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले