April 9, 2020

राष्ट्रपति ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनलाई चीनमुखी भएको आरोप, अमेरिकी सहयोग रोक्ने चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको तीव्र आलोचना गर्दै अमेरिकाले दिने सहयोग रोक्ने चेतावनी समेत दिएका छन् ।  मंगलबार ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित रहेको र नयाँ कोरोना भाइरस प्रकोपको समयमा खराब सल्लाह जारी गरेको आरोप लगाउँदै अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटरमार्फत्  डब्लुएचओको कार्यशैली प्रति आक्रोश पोखेका छन् । स्वास्थ्य संगठनले अमेरिकालाई नराम्रो सल्लाह दिएको आरोप लगाएका छन् ।  ट्रम्पले संगठनको पूर्वसल्लाह अस्वीकार गरेर चीनसँगको नाका बन्द गरेकोमा भाग्यवस् ठानेका छन् । ‘उनीहरूले यसलाई गलत भनेका छन्’ राष्ट्रपति ट्रम्पले मगंलबार वाइट हाउसमा भनेका थिए, ‘तर अब हामी संगठनलाई दिँदै आइरहेको कोष कटौती गर्नेछौं । यसले ठूलो क्षति पुग्छ, परिणाम नियाल्ने छौं ।’

संयुक्त राज्यका प्रवक्ता स्टेफेन डुज्यारिकले पनि ट्रम्पको आलोचना अस्वीकार गरेका छन् । उनका अनुसार संगठनले डिरेक्टर जेनरल ट्रेडस एड्हानोमको नेतृत्वमा कोरोनाको महामारीमा विभिन्न देशलाई ठूलो सहयोग र्पुयाउँदैछ ।उनले भनेका छन्, ‘विभिन्न देशहरूमा लाखौं उपकरण सहयोग गर्दै आइरहेका छौं । विश्वव्यापी दिशानिर्देशकहरू देखाउने सन्दर्भमा संगठनले अन्तराष्ट्रिय स्वास्थ्य प्रणालीको शक्ति देखाउँदै छ,’ उनले थप भनेका छन् ‘कि संगठनले हालसालै संक्रमक र घातक रोगहरूसँग लड्न सफलतापूर्वक आफ्नो स्टाफहरू अग्रस्थानमा राखेर प्रशंसायोग्य काम गरेका छन् ।’

राष्ट्रपति ट्रम्पले मगंलबार अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागका महानिरीक्षकलाई समेत आरोप लगाएका छन् । ट्रम्पले महानिरीक्षकलाई कोरोनाभाइरस प्रकोपको अग्रबिन्दुमा व्यक्तिगत सुरक्षा उपकरणको अभावले अमेरिकी अस्पतालहरूमा नक्कली कागजी उत्पादन गरेको आरोप लगाएका हुन् ।अमेरिकी विश्लेषकले राष्ट्रपति ट्रम्प इतिहाँसकै असफल राष्ट्रपति भएको बताएका छन् । कोरोना भाइरसले अमेरिकामा हज्जारौं नागरिक मरिरहँदा राष्ट्रपति ट्रम्पले कुनै ठोस योजना बनाउन नसकेको उनीहरुको दावि छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले