April 9, 2020

राष्ट्रपति ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनलाई चीनमुखी भएको आरोप, अमेरिकी सहयोग रोक्ने चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको तीव्र आलोचना गर्दै अमेरिकाले दिने सहयोग रोक्ने चेतावनी समेत दिएका छन् ।  मंगलबार ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित रहेको र नयाँ कोरोना भाइरस प्रकोपको समयमा खराब सल्लाह जारी गरेको आरोप लगाउँदै अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटरमार्फत्  डब्लुएचओको कार्यशैली प्रति आक्रोश पोखेका छन् । स्वास्थ्य संगठनले अमेरिकालाई नराम्रो सल्लाह दिएको आरोप लगाएका छन् ।  ट्रम्पले संगठनको पूर्वसल्लाह अस्वीकार गरेर चीनसँगको नाका बन्द गरेकोमा भाग्यवस् ठानेका छन् । ‘उनीहरूले यसलाई गलत भनेका छन्’ राष्ट्रपति ट्रम्पले मगंलबार वाइट हाउसमा भनेका थिए, ‘तर अब हामी संगठनलाई दिँदै आइरहेको कोष कटौती गर्नेछौं । यसले ठूलो क्षति पुग्छ, परिणाम नियाल्ने छौं ।’

संयुक्त राज्यका प्रवक्ता स्टेफेन डुज्यारिकले पनि ट्रम्पको आलोचना अस्वीकार गरेका छन् । उनका अनुसार संगठनले डिरेक्टर जेनरल ट्रेडस एड्हानोमको नेतृत्वमा कोरोनाको महामारीमा विभिन्न देशलाई ठूलो सहयोग र्पुयाउँदैछ ।उनले भनेका छन्, ‘विभिन्न देशहरूमा लाखौं उपकरण सहयोग गर्दै आइरहेका छौं । विश्वव्यापी दिशानिर्देशकहरू देखाउने सन्दर्भमा संगठनले अन्तराष्ट्रिय स्वास्थ्य प्रणालीको शक्ति देखाउँदै छ,’ उनले थप भनेका छन् ‘कि संगठनले हालसालै संक्रमक र घातक रोगहरूसँग लड्न सफलतापूर्वक आफ्नो स्टाफहरू अग्रस्थानमा राखेर प्रशंसायोग्य काम गरेका छन् ।’

राष्ट्रपति ट्रम्पले मगंलबार अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागका महानिरीक्षकलाई समेत आरोप लगाएका छन् । ट्रम्पले महानिरीक्षकलाई कोरोनाभाइरस प्रकोपको अग्रबिन्दुमा व्यक्तिगत सुरक्षा उपकरणको अभावले अमेरिकी अस्पतालहरूमा नक्कली कागजी उत्पादन गरेको आरोप लगाएका हुन् ।अमेरिकी विश्लेषकले राष्ट्रपति ट्रम्प इतिहाँसकै असफल राष्ट्रपति भएको बताएका छन् । कोरोना भाइरसले अमेरिकामा हज्जारौं नागरिक मरिरहँदा राष्ट्रपति ट्रम्पले कुनै ठोस योजना बनाउन नसकेको उनीहरुको दावि छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि