कोरोना प्रकोप : मृतकको संख्या ५९ हजार नाघ्यो, १० लाख बढी स‌ंक्रमित

चैत २२, काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म ५९ हजार १ सय ४१ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या १० लाख ९८ हजारभन्दा बढी पुग्दा २ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा शुक्रबारमात्रै १४ सय ८० को मृत्यु भएको हो । बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ७ हजार ४ सय ६ को मृत्यु भएको छ भने २ लाख ४४ हजारभन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म कुल २ लाख ७६ हजार ९६५ जना संक्रमित भएका छन् भने अहिलेसम्म १२ हजार २८३ जना ठिक भएका छन् ।

इटालीमा शुक्रबार थप ४ हजार ५ सय ८५ जनामा कोरोना भाइरस देखिएको छ । सोही दिन इटालीमा ७ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। स्पेनमा शुक्रबार ७ हजार १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ सय ५० जनाको मृत्यु भएको छ ।

जर्मनीमा शुक्रबार ६ हजार ३ सय ६५ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । सोही दिन जर्मनीमा कोरोना संक्रमणका कारण १ सय ६८ जनाले ज्यान गुमाएका छन् । चीनमा शुक्रबार ३१ जनामा मात्र कोरोनाको नयाँ संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ५ हजार २ सय ३३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । सोही दिन त्यहाँ १ हजार १ सय २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। इरानमा शुक्रबार कोरोनाका कारण १ सय ३४ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा शुक्रबार नयाँ ४ हजार ४ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ । सोही दन बेलायतमा ६ सय ८४ जनाको मृत्यु भएको छ ।

टर्कीमा शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ६९ जनाको मृत्यु हुनुका साथै थप २ हजार ७ सय ८६ जनामा संक्रमण देखिएको छ । स्वीट्जरल्याण्डमा शुक्रबार नयाँ ७ सय ७९ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । सोही दिन त्यहाँ कोरोनाका कारण ५५ जनाले ज्यान गुमाएका छन् ।

बेल्जियमा १ हजार ४ सय २२, नेदरल्याण्ड्समा १ हजार २६, क्यानाडामा १ हजार ९२, ब्राजिलमा १ हजार १ सय ५० जनामा कारोनाको संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र