चैत २२, काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ ।
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म ५९ हजार १ सय ४१ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या १० लाख ९८ हजारभन्दा बढी पुग्दा २ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।
पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा शुक्रबारमात्रै १४ सय ८० को मृत्यु भएको हो । बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ७ हजार ४ सय ६ को मृत्यु भएको छ भने २ लाख ४४ हजारभन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म कुल २ लाख ७६ हजार ९६५ जना संक्रमित भएका छन् भने अहिलेसम्म १२ हजार २८३ जना ठिक भएका छन् ।
इटालीमा शुक्रबार थप ४ हजार ५ सय ८५ जनामा कोरोना भाइरस देखिएको छ । सोही दिन इटालीमा ७ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। स्पेनमा शुक्रबार ७ हजार १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ सय ५० जनाको मृत्यु भएको छ ।
जर्मनीमा शुक्रबार ६ हजार ३ सय ६५ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । सोही दिन जर्मनीमा कोरोना संक्रमणका कारण १ सय ६८ जनाले ज्यान गुमाएका छन् । चीनमा शुक्रबार ३१ जनामा मात्र कोरोनाको नयाँ संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ ।
फ्रान्समा ५ हजार २ सय ३३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । सोही दिन त्यहाँ १ हजार १ सय २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। इरानमा शुक्रबार कोरोनाका कारण १ सय ३४ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा शुक्रबार नयाँ ४ हजार ४ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ । सोही दन बेलायतमा ६ सय ८४ जनाको मृत्यु भएको छ ।
टर्कीमा शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ६९ जनाको मृत्यु हुनुका साथै थप २ हजार ७ सय ८६ जनामा संक्रमण देखिएको छ । स्वीट्जरल्याण्डमा शुक्रबार नयाँ ७ सय ७९ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । सोही दिन त्यहाँ कोरोनाका कारण ५५ जनाले ज्यान गुमाएका छन् ।
बेल्जियमा १ हजार ४ सय २२, नेदरल्याण्ड्समा १ हजार २६, क्यानाडामा १ हजार ९२, ब्राजिलमा १ हजार १ सय ५० जनामा कारोनाको संक्रमण देखिएको छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या