March 29, 2020

चीनले उपलब्ध गराएको स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण

काठमाडौं। चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन्।चिनियाँ दूतावास एवंम् सिन्चुवान प्रान्तले पुनः प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाइन्टी फाइभ मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भ्यान्टीलेटर एक थान र क्वारेन्टाइन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ।त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले एन नाइन्टी फाइभ मास्क १ लाख २ सय थान र पिसिआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ।

चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुनः प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ।

सिन्चुवान हुसी गु्रपले २ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क, होङसी सिमेन्ट कम्पनीले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै चिनियाँ राजदूत यान्छीले कोभिड १९ को समस्या कुनै पनि एउटा मुलुकको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो मुलुक नेपाल सँगै अन्तर्राष्ट्रिय स्तरमा नै सहयोग गर्न तयार रहेको बताइन्।

सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड १९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गरे।

असल छिमेकीको रुपमा एक अर्कालाई सहयोग गर्ने असल परम्परालाई कायम राख्दै चीन सरकार र चीनका विभिन्न संस्थाहरुबाट प्राप्त सहयोगको मन्त्री ढकालले प्रसंम्सा गर्दे ती संस्थालाई धन्यवाद पनि दिए।

‘सुरुमा यो रोग चीनमा मात्रै आउँछ कि भनेर चीनप्रति जुन खालको नकारात्मक संदेश भाव राख्नेहरुले पनि यो रोग फैलिएपछि यो रोग चीनको लागि मात्रै नभएर विश्वव्यापी महामारीको रुपमा फैलिएको र यो विश्वव्यापी महामारीको रुपमा फैलिएको रोगलाई पनि नियन्त्रण गर्ने कुराको नेतृत्व गर्ने चिनीयाँ सरकार, राष्ट्रपति, प्रधानमन्त्रीलगायत त्यहाँको कुशल नेतृत्वप्रति पनि म नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने।

उनले कोभिड १९ बाट अति प्रभावित हुने कुराबाट जोखिम न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकले अपनाएको लकडाउनको नीति सफल भएको र नेपालले पनि संक्रमणको विस्तारलाई न्यूनीकरण गर्न सोही नीतिलाई अबलम्बन गरेको बताए।

उनले नेपालस्थित चिनियाँ राजदुतबाट प्राप्त यी सामाग्रीलाई आवश्यकता अनुसार सक्दो छिटो नेपालका सात वटै प्रदेशमा पुर्याइने जानकारी दिए।

उनले विदेशबाट आएकालाई सावधानीका साथ क्वारेन्टाईनमा राख्ने र क्वारेन्टाइनमा राखेका व्यक्तिहरुको नमुना परीक्षण गरेर अरुलाई संक्रमित हुन नदिनका लागि गर्ने काममा प्राप्त औषधिजन्य औजारहरु तथा डाक्टर नर्स लगायत प्रयोगशालामा काम गर्नेहरुका लागि आवश्यक पर्ने सामानग्रीले उनीहरुको सुरक्षाको प्रत्याभूति गरेको बताए।

यी सामाग्रीले अप्ठ्यारो परेका बेला हाम्रा छिमेकी मित्र राष्ट्रहरु पनि हाम्रो साथमा छन् भन्ने आम नेपाली जनतालाई सन्देश दिएको र उच्च मनोबलका साथ यो रोगका विरुद्ध लड्न प्रेरणा मिलेको भन्दै उनले चिनियाँ राजदूतलगायत सहयोगी संस्था र तीनका प्रतिनिधिलाई नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली