March 28, 2020

कोरोनाकाे उपचारमा आवश्यक सामग्री खरिद गर्दा स्वास्थ्यमन्त्रि कै संलग्नतामा करोडौं घोटालाको शंका

चैत्र १५, काठमाडौं । कोरोना भाइरस (कोविड १९) नियन्त्रणको नाममा ठूलो मात्रामा अत्यावश्यक वस्तुहरु विना प्रतिष्पर्धा खरिद गर्ने तयारी गरिएको छ । कोरोना संक्रमण सुरु भएको ३ महिनासम्म सरकारले आवश्यक किट्स, मास्क, पीपीई, ग्लोब लगायत अत्यावश्यक मेडिकल सामग्री खरिद नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अहिले आएर ती सामग्री खरिदका लागि हतारिएको छ ।  

मन्त्रालयले नेपालमा चार जना कोरोना संक्रमित बिरामी फेलापरेपछि यसले महामारीको रुप लिनसक्ने आंकलन गर्दै चीनबाट यी सामान खरिद गर्ने तयारी गरेको बुझिएको छ । हिजो शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लायर्सहरुको बैठकै राखेका थिए । उक्त बैठकमा मन्त्री ढकालले हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितलगायतलाई बोलाएका थिए । 

तर बैठकमा मन्त्रीले हस्पिटेकका विशाल पण्डितले मात्र पीपीई, किड्स, मास्क जस्ता मेडिकल सामग्री ल्याउन सक्ने भन्दै अरुको कुरै नसुनेपनि अन्य सप्लायर्सहरु तिन छक्क परे । स्रोतका अनुसार विशाल पण्डितमार्फत ती अत्यावश्यक वस्तुहरु लिइएको हो  । उक्त सामग्री लिजका लागि नेपाल एयरलाइन्सको जहाज गोञ्जाउका लागि उडिसकेको छ ।  

विशाल पण्डितको हस्पिटेक इन्टरप्राइजेजले स्वास्थ्य सेवा विभागमार्फत सामान टेण्डरबाट ती सामान ल्याइने भएपनि २४ घण्टाको सूचनामा नेगोसियसन गरि कम्पनीहरु छनौट गरिएको हो । उक्त अत्यावश्यक सामग्री हस्पिटेक सहित ओम्निटेक र एक चिनियाँ कम्पनीसँग सम्झौता अनुसार आउन लागेको स्रोतको दावी छ । ओम्निटेक तुलहरी सिंह र सुमन सिंहको कम्पनी हो ।

मन्त्रालयले करिब १ अर्ब ५० करोड रुपैयाँमा पीपीई, किड्स लगायतका मेडिकल सामग्री खरिद गरेको हो । विशाल पण्डितले आफ्नो संस्था हस्पिटेकबाट सामग्री खरिद गर्दा विवादमा पर्ने देखेपछि उनकै मध्यस्तता र सक्रियतामा अन्य ब्यापारीको फर्मबाट सप्लाई गर्ने गरी ओम्नीटेक र एक चिनियाँ कम्पनी छानिएको स्रोतको भनाई छ ।  

स्वास्थ्य मन्त्रालयमा अहिले मन्त्री ढकालले विशाल पण्डितकै सल्लाहमा काम गर्ने गरेका छन् । ‘सबै मेडिकल सामानको ठेक्का पण्डितकै योजनामा आउन लागेको हो । उसपटक उनले आफ्नो कम्पनीबाट काम गरेका छैनन् ।’ मन्त्रालय स्रोत भन्दछ । मन्त्रालयका स्रोतका अनुसार ५ हजारमा पाइने पीपीईलाई पण्डितले १५ हजार रुपैयाँ दररेट राखेका छन् ।  

कोरोना भाइरस संक्रमण बढ्ने आशंकासँगै सरकारले समय छोटो भएकाले बोलपत्र नपाएपनि कोटेसनको आधारमा अन्य सप्लायर्सहरुले एक सेट पीपीई ५ हजार रुपैयाँभन्दा कम मूल्यमा दिन तयार भएपनि मन्त्री ढकालले अरुको कोटेसनको अध्ययन नै नगरेको बताइएको छ ।  

पीपीई खरिद प्रक्रियामा करोडौंको चलखेल भइरहेको मन्त्रालयका एक कर्मचारीले बताए । ‘यो प्रक्रिया ३ महिना अगाडी नै गर्नुपर्दथ्यो । मन्त्रीले कोरोना भाइरसलाई हल्का रुपमा लिए । अनी अहिले अन्तिम समयमा हतारहतार टेण्डर नै नगरी खरिद गर्ने प्रक्रिया अपनाइयो ।’ ती कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।  

मन्त्रालय स्रोतका अनुसार १ हजार ५ सय पर्ने थर्मोमिटर गनलाई ७ हजारमा खरिद गर्न लागेको छ । १ रुपैयाँ ४० पैसा पर्ने सामान्य मास्कलाई १० रुपैयाँका दरले खरिद गर्न लागिएको छ । कोटेसनका आधारमा खरिद गर्न लागिएको सामानमा तेब्बर मुनाफा राखि विक्रि गर्ने हस्पिटेकको रणनीति छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि