संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) अध्यक्षमा (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठ चयन

१७ पुस,काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठ संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) को अध्यक्ष चयन भएका छन ।

आईतवार काठमाडौंमा सम्पन्न JTUCC नेतृत्व हस्तान्तरण समारोहबाट श्रेष्ठ अध्यक्ष चयन भएका हुन ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) ले प्रत्येक अंग्रेजी वर्षको शुरू सँगै नयाँ नेतृत्व चयन गरि कार्य सम्पादन गर्ने गर्दछ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) नेपाली श्रमिक वर्गको साझा मञ्च हो । यसले यसमा आबद्ध १० मान्यता प्राप्त राष्ट्रिय ट्रेड युनियन केन्द्रहरूको समन्वय संयन्त्रको रूपमा काम गर्दछ । श्रम कानून, न्यूनतम पारिश्रमिक, योगदानमा आधारित सामाजिक सुरक्षा र रोजगारदातासँग सम्बन्धित सबै नीतिगत मुद्दाहरू यसै संयन्त्र मार्फत निर्णय गरी सम्बन्धित निकायमा सुझाव, लबिङ तथा परामर्श गर्ने गर्दछ ।

यसअघि अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) का अध्यक्ष जगत सिंखडा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) का अध्यक्ष थिए ।

नेपाली मजदुर आन्दोलनमा विशेष र ऐतिहासिक पृष्ठभुमि भएका श्रेष्ठ (JTUCC) को अध्यक्ष चयन हुनुले नेपाली श्रम क्षेत्रमा ठुलो सुधारको अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने